भर्खरै

सिकागोमा बिनोद चौधरीसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको इलिनोइ च्याप्टर (एन.आर.एन.ए. इलिनोइ च्याप्टर)) ले नेपालका प्रशिद्ध उद्योगपति तथा नेपालका एकमात्र खर्बपति बिनोद चौधरीको सम्मानमा अगष्ट २३, २०१६ का दिन भेट घाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ इ उक्त कार्यक्रममा इलिनोइको सिकागो तथा यसका छिमेकी शहरहरुका बिभिन्न पेशा, बर्ग र समुदाय संग आबद्ध नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।

Binod-in-Cicago-2015-10006

कार्यक्रमलाई सम्बोधन गर्दै बिनोद चौधरीले मातृभूमिको विकासकालागि हरेक नागरिकले आ-आफ्नो स्थानबाट पहल गर्नु पर्ने कुरा बताउनु भयो। वहाँले देशमा कुनै किसिमको अस्थिरता छ भनेर देश प्रतिको एउटा जिम्मेवार नागरिकको कर्तव्यबाट कहिल्यै पन्छिन नहुने कुरा बताउनु भयो । एउटा साधारण कपडा ब्यापारीबाट शुरु गरेको ब्यबसायिक जीवन देखि अहिले बहुराष्ट्रिय उद्योगपतिको रुपमा सम्म आइपुग्दा आफुले पार गरेका आरोह अबरोहका अनुभव सुनाउदा कार्यक्रमका सहभागीहरु मन्त्रमुग्ध भएर सुनेका थिए ।

Binod-in-Cicago-2015-10013

कार्यक्रममा चौधरीले कार्यक्रमका सहभागीहरुको जिज्ञासाहरुका उत्तर समेत दिनु भएको थियो । सो अवसरमा वहाले लेखेका बिनोद चौधरी: आत्मकथा तथा मेकिङ्ग इट बिग नामक पुस्तकहरु बितरण गरिएको थियो। सोही कार्यक्रममा एन.आर.एन.ए.,आइ.सी.सी. का उपाध्यक्ष कुमार पन्तले सम्बोधन गर्दै एन.आर.एन.ए. का चुनौतिहरु आजका दिनमा अझ थपिएको कुरा बताउनु भयो। बिश्वका बिकसित देशहरुका बिकासका अबधारणाहरु हाम्रो मातृभूमिमा लैजान सके हाम्रो देशको गरिबी र पछौटेपन स्वत: निर्मुल भएर जाने बिचार व्यक्त गर्नु भयो। कार्यक्रमलाई अमेरिकाका लागि अवैतनिक महाबाणिज्य दुत मारबिन ब्रस्टिनले पनि सम्बोधन गर्नु भएको थियो। कार्यक्रमका सभापति तथा एन.आर.एन.ए.इलिनोइ च्याप्टरका अध्यक्ष सुमन वस्तीले देशमा आर्थिक भन्दा पनि सकारात्मक मानसिक सोचको बिकास जरुरी भएको बिचार व्यक्त गर्दै व्यक्ति व्यक्तिको प्रयासबाट राष्ट्रलाइ सम्पन्नताको मार्गमा लैजान सकिने उदाहरणस्वयम् बिनोद चौधरीलाई लिन सकिने कुरा बताउनु भयो।

Binod-in-Cicago-2015-10016

कार्यक्रममा बिशेष अतिथि बिनोद चौधरी र कुमार पन्तलाइ इलिनोइका नेपाली समुदाय तर्फबाट क्रमश: अध्यक्ष वस्ती र एन.आर.एन.ए. इलिनोइ च्याप्टरका सचिब सत्यनारायण चौधरी ले मायाको चिनो प्रदान गर्नु भएको थियो। “मिट एण्ड ग्रिट विथ बिनोद चौधरी” नाम दि इएको सो कार्यक्रमको ब्यबस्थापनमा च्याप्टरका कोषाध्यक्ष इश्वरी पाठक तथा सदस्यहरु दलबहादुर श्रेष्ठ,विजय महर्जन बिनोद शाहको उल्लेख्य योगदान रहेको थियो I उक्त कार्यक्रममा सिकागोल्याण्डका स्थानिय संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।

Binod-in-Cicago-2015-10001

Binod-in-Cicago-2015-10007

Binod-in-Cicago-2015-10015

Binod-in-Cicago-2015-10004

Binod-in-Cicago-2015-10003

Binod-in-Cicago-2015-10012

Binod-in-Cicago-2015-10014

Binod-in-Cicago-2015-10008

Binod-in-Cicago-2015-10009

Binod-in-Cicago-2015-10010

Binod-in-Cicago-2015-10017

Binod-in-Cicago-2015-10011

Binod-in-Cicago-2015-10018

Binod-in-Cicago-2015-10019

Binod-in-Cicago-2015-10020

Binod-in-Cicago-2015-10021

Binod-in-Cicago-2015-10022

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.