भर्खरै

सुर-सुधा कोलोराडो वासिबाट फेरी पनि उहि मायाको आशमा

१९९१ तिरको कुरा हो काठमाडौंमा एउटा सांगेतिका प्रतियोगिता हुँदै थियो । यस प्रतियोगितमा सुर-सुधाका सुरेन्द्र श्रेष्ठलाई पनि आफ्नो प्रतिभा देखाउन मन लाग्यो । आफ्नो ज्ञान संगितमा, प्रतियोगिता आफ्नै आंगनमा ! सुरेन्द्र आफु सहित ३ जना साथीको टोली बनाएर जाने भए तर जब प्रतियोगितको लागी नाम दिने कुरा आयो – छुटा छुटै नाम दिदा “यो एउटै टोली हो है” भन्ने गाह्रो पर्ने देखे पछी अब के गर्ने र कसो गर्ने भन्दै गर्दा – सुरेन्द्रले एउटा ब्याड बनाउने सोच गरे । अनि सुरो भयो सुर-सुधाको खोज ।

ब्याड बनाएर अघी बड्ने निर्यणसंगै सुरेन्द्र पुगे साहित्यकार भैरबनाथ रिमालकोमा आफ्नो ब्याडको नाम जुराइदिनका लागी । सुरेन्द्रले रिमाललाई संस्कृतमा हाम्रो संस्कृति झल्कने साङितिक समुहको नाम जुराइदिन अनुरोध गरे । साहित्यकार रिमाल पनि के कम – उनले जुराइदिए ८ वटा नाम – स्वरामृत, संगितान्जलि, र सुर-सुधा ति मध्यकै केहि नाम थिए ।  सुरेन्द्र अलि अल्मलिएको देखेर रिमाले नै सुझाए एउटा नाम । नाम थियो – सुर-सुधा । रिमालले ब्याख्या पनि गरिदिए – तिम्रो नाम सुरेन्द्र श्रेष्ठ भएकाले सुर र सुधा को अर्थ अमृत (कहिल्यै नमर्ने) – सुर-सुधा । आज पनि सुरेन्द्र आफुलाई भाग्यमानी ठान्छन कि आफ्नो समुहको नाम रिमाल जस्ता दिग्गज साहित्यकारबाट जुराउना पाएकोमा 

सोर्य फाउन्डेसनको सहकार्यमा आफ्नो संगीतको प्रस्तुती गर्न एक पटका फेरी अमेरिकाको साङितिक यात्रामा रहेको सुर-सुधा आफ्नो अन्तिम प्रस्तुतिको लागी कोलोराडोमा  छ । २००४ को आफ्नो पछिल्लो भ्रमणमा कोलोराडोमा प्रस्तुती नभएको तर १९९५ मा गरेको साङितिक प्रस्तुती अझै पनि आफ्नो लागी ताजै रहेको सुरेन्द्र अनुभब गर्दछन । सुरेन्द्र कै शब्दमा “त्यतिबेला नेपालीहरु अहिलेको भन्दा धेरै नै कम भएको र नेपालबाट कोही कलकार आए सबैजना जस्तो उपस्थित  हुने गर्नुहुन्थ्यो । नेपालीहरुमा छुटै किसिम को उत्साह र उल्लास छाउने गर्थ्यो जस्ले गर्दा हामीलाई पनि आफ्नो कला देखाउँदा छुटै किसिमको आनन्द आउने गर्थ्यो । तर अब त अमेरिकामा पनि यती धेरै नेपालीहरु भैसक्नुभयो कि पहिलेको जस्तो छैन । “

बिशेषत कोलोराडो बोल्डरमा त्यो बेला प्रस्तुती गरिएको सभा हल सानो भएको अनुभब गरेका सुरेन्द्रले २२ बर्ष पछी पनि उस्तै पो हुन्छ कि भन्ने आश गर्दै गर्दा – त्यो बेला कुनै नेपाली समुदायको कुनै सस्था नभएकाले पनि सबै जाना आएका पो थिएकी भन्ने अनुमान लगाउछन । कोलोराडो स्पिरिङ्गमा प्रस्तुती गरी सके पछी केहि अमेरिकन युवाहरुले आफुहरुलाई २-३ दिनसम्म आफुहरु जता गयो उतै जादै सुर-सुधाको संगितका बारेमा अरु जिज्ञासा र माया पाएको पलले अहिले पनि भाबुक हुने गरेका छन । ठटेउली पारा सुरेन्द्र “यस पटक तेस्तो नहोलाकि !”  

कुनै पनि प्रस्तुती गरिसके पछी त्यो प्रस्तुतिको कती प्रभाब रह्यो भन्ने जिज्ञास रहेता पनि प्रस्तुतिको उपलब्धी नखोजेका सुरेन्द्रले उपलब्धीको चर्चा व्यक्ती व्यक्तिमा फरक पाउने गरेका छन । एक साङितिक समुहको रुपमा सुर-सुधाले आफ्नो प्रस्तुती गर्दा दर्शक २ जना हुन वा २००० जना प्रस्तुतिमा कुनै अन्तर रहेको सुन्नु नपरेको अनुभव समुहको सबै सदस्यसँग छ ।

प्रस्तुतिको हिसाबले पहिलेको र अहिलेको संगीतमा अलि फरक हुँदै गएको देखेका छन सुरेन्द्रले । पहिलेकोमा साँस्कृतिक र नेपाली पहिचान बोकेको संगीतमात्र हुने गर्दथ्यो भने अहिलेकोमा अलिकती फरकपना ल्याउने हेतुले आधुनिक संगीतको साधन मानिने गितारलाई पनि समेट्दा सुर-सुधालाई सम्पुर्ण स्रोतासम्म पुग्न सहयोग मिलेको अनुभब छ । जहाँ पनि सजिलै पाइने भएकाले र अरुको सांङितिक साधनलाई पनि सम्मान साथै आफ्नो समुहलाई बिदेशिहरुले पनि आत्मसाथ गर्न सकुन भन्ने आशका साथ गितारलाई समुहले प्रबेश गराएको हो ।

ब्याड सुरु गर्दा ३ जना बाट भएको र गितारको प्रबेश संगै ४ जनाको ब्याडमा बिकाश सुनारलाई गितार वाधकको रुपमा प्रबेश गराउदै गर्दा सुरेन्द्र श्रेष्ठ, प्रेम राणा पहिलो दिन देखिनै संगै छन । अर्का सदस्य राजिब श्रेष्ठ ६ बर्ष अघि समुहमा भएको केहि फेरबदल पछी संगै छन ।

बिचमा अचानक सुर-सुधाको बारेमा आएका समाचारले कुनै न कुनै रुपमा सुर-सुधाका प्रशंसक हरुलाई नमजा लागेको राम्रोसँग बुझेका सुरेन्द्र आफु र समुहकै सदस्यहरुको पारिवारिक कारणले गर्दा पनि सुर-सुधा कता कता हराएको होकी भन्ने भान पर्न गएकोमा प्रशंसक तथा दर्शकहरुसंग क्षमा माग्दै अरु धेरै गर्न बाँकी रहेको कारणले पनि आफुहरु फेरी एक चोटी प्रशंसक तथा दर्शकहरु माझ आउँदा उहि माया पाउने आशमा छन ।

(कोलोराडोमा प्रस्तुती गर्न आएको सुर-सुधा र विकलको कुराकानीमा आधारित)

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.