भर्खरै

रोकिएन दुर्घटनाको श्रृंखला, हेटौंडामा फेरि जीप दुर्घटना

usnepal_logo_png

हेटौँडा, १३ भदौ । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा वीरगन्ज सडकखण्डको अमलेखगन्जमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गर्दा ना३च ५९५२ नं बलेरोजिप अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हृने यात्रु बारा जिल्ला बस्ने मुकुन्द साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 उक्त दुर्घटनामा परेका दुई जना सक्त घाइतेको प्रहरीले उद्धार गरी हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको अवस्था अहिले गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनास्थल अमलेखगन्ज मकवानपुर जिल्लाको सिमानासँग जोडिएकाले ती घाइतेलाई हेटौँडातर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।