भर्खरै

चीनका लागि राजदूतमा लिलामणि पौडेल सिफारिस

१६ भदौ, काठमाडौं । चीनका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लिलामणि पौडेलको नाम सिफारिस भएको  छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले  चीनका लागि राजदूतमा पौडेलको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
तत्कालीन राजदूत महेश मास्केको कार्यकाल सकिएपछि चीनमा नेपाली राजदूत थिएन ।
बैठकले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. ऋषि अधिकारी र आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेललाई नियुक्त गरेको छ  ।