भर्खरै

चिकित्सकलाई चुनावको रन्को, आज दोस्रो चरणको निर्वाचन हुँदै

perle-medicale

काठमाडौं, भदौ २२ ।  नेपाल चिकित्सक सङ्घको काठमाडौँ उपत्यकामा सुरु भएको दोस्रो चरणको चुनाव आज दोस्रो दिन पनि जारी छ । पहिलो दिनको चुनावमा २०५ जना चिकित्सकले मतदान गरेका छन् ।

उपत्यकामा चुनाव यही भदौ २५ गते शनिबारसम्म जारी रहनेछ । उपत्यकामा करिब तीन हजार मत खस्ने प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले बताए । चुनाव हरेक दिन ११ देखि ४ बजेसम्म हुनेछ ।

नयाँ नेतृत्व छान्नका लागि पहिलो चरणमा गत १७ र १८ भदौमा उपत्यकाबाहिरका १५ मतदान केन्द्रमा निर्वाचन भइसकेको छ । उपत्यकाबाहिर कुल एक हजार ३६६ मत खसेको छ ।

सङ्घको नयाँ कार्यसमितिका लागि प्रजातन्त्रिक समूहबाट डा मुक्तिराम श्रेष्ठ र समावेशी समूहबाट डा रमेश ढकालको टोली प्रतिस्पर्धामा छ ।महासचिवमा डा पुष्पमणि खरेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने १३ पदाधिकारीका लागि दुईवटा प्यानलबाट २६ र एकजना स्वतन्त्र गरी २७ जनाले चुनावी प्रतिस्पर्धा गर्दै छन् ।