भर्खरै

बम विस्फोटपछि प्याब्सनले दियो बिद्यालय बन्द गर्ने धम्की

काठमाडौं, निजी तथा आवासीय विद्यालयहरुका संगठन प्याब्सन र एन प्याब्सनले सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था नगरे विद्यालय नै बन्द गर्ने चेतावनी दिएका छन् ।

एकाविहानै भएको बम आतंकपछि प्याब्सन र एन प्याब्सनले मंगलबार संयुक्त बैठक गरेर विद्यालयहरुको सुरक्षालाई राज्यले बेवास्ता गरेका कारण बम विष्फोटका घटना भएको निष्कर्ष निकाली सुरक्षाको भरपर्दो प्रबन्ध नगरे विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।
विभिन्न राजनीतिक दल सम्बन्ध भातृ संस्थाहरुले चन्दाका लागि आफूहरुसामु अनेक माग राखेर धम्की दिने गरेको विषयमा शिक्षा मन्त्रालयलाई पटक पटक जानकारी गराएपनि मन्त्रालयले आफ्ना कुरा बेवास्ता गरेको र त्यसकै परिणाम बम आतंक सिर्जना भएको प्याब्सन र एन प्याब्सनको निष्कर्ष छ । उच्च माध्यमिक विद्यालय संघ (हिसान) का पदाधिकारी समेत सहभागी बैठकले सुरक्षाको प्रत्याभति दिलाउन र बम आतंक गराउनेलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।