भर्खरै

भद्रपुर ४८ करोड सुरक्षा भत्ता वितरण

भद्रपुर, ५ असोज । जिल्ला विकास समितिले आव २०७२/७३ मा ५३ हजार ३६९ जनालाई ४८ करोड ५४ लाख ५१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

ज्येष्ठ नागरिक २८ हजार ३०० लाई ३१ करोड ७४ लाख ३८ हजार, ज्येष्ठ नागरिक (दलित) एक हजार ७७२ लाई एक करोड पाँच लाख छ हजार, विधवा १४ हजार ४५ जनालाई आठ करोड ४० लाख, पूर्ण अपाङ्गता भएका ९६४ जनालाई एक करोड १४ लाख १२ हजार र आंशिक अपाङ्ग ८० जनालाई चार लाख १२ हजार रुपैयाँ वितरण गरेको छ ।

यसैगरी अतिअशक्त ४२५ जनालाई २६ लाख ५६ हजार, लोपोन्मुख आदिवासी÷जनजाति दुई हजार २१४ जनालाई पाँच करोड ३८ लाख ८० हजार र पाँचवर्ष मुनिका दलित बालबालिका एक हजार ५१० जनालाई ५१ लाख ३७ हजार रुपैयाँ भत्ता वितरण गरेको कार्यालयले जनाएको छ । रासस