भर्खरै

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छः एमाले महासचिव पोखरेल

काठमाडौँ, १३ कात्तिक । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।
उहाँले संविधानमा शासकीय स्वरुप र निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सरकार बदल्ने र भत्काउने फोहोरी खेल बढेकाले अब मुलुक बनाउन प्रत्यक्ष कार्यकारीका लागि एमालेले पहल गर्ने उहाँको कथन छ ।

महासचिव पोखरेलले ‘‘संविधान जसरी पनि जारी गर्नुपर्ने भएकाले हामीले अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति गर्न बाध्य भएका थियौँ’’ भन्दै ‘‘एमालेले सरकार छाडेपछि मोर्चा बदलिएको छ तर राष्ट्र निर्माणको मिसन बदलिएको छैन बताउनुभयो ।’’

उहाँले सामाजिक सद्भाव र मेलमिलापलाई भड्काउने विभिन्न प्रयास गरिए पनि मुलुकका राष्ट्रिय भावना समृद्ध बनाउने काम भएको र चाड पर्वले त्यस भावनालाई अझ मजबुत बनाएको बिचार व्यक्त गर्नुभयो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.