भर्खरै

भारतीय राष्ट्रपति मुखर्जीले पशुपतिनाथको आगन्तुक पुस्तिकामा यस्तो लेखे ?

८ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीले आराध्यदेव पशुपतिनाथको आज विशेष पूजाअर्चना गर्नुभएको छ ।
त्यसक्रममा राष्ट्रपति मुखर्जीले पशुपतिनाथ मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै मुखर्जीले पवित्र पशुपतिनाथ मन्दिरमा फेरि आउन पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ ।

विशेषपूजामा भागिदार बन्न पाउँदा आनन्द महशुस भएको बताउनुहुँदै मुखर्जीले दर्शनको व्यवस्था मिलाएकोमा मन्दिर व्यवस्थापनलाई धन्यवाद दिनुभएको छ ।
उहाँले नेपाल भारत मैत्री पशुपतिनाथमा धर्मशाला परियोजना स्थापना गर्न सहयोग गर्न पाउनु भारतका लागि खुसीको कुरा भएको पनि उल्लेख गर्नुभएको छ ।
परियोजनाको स्थापनाका लागि सहयोग गर्दै आफ्नो राजकीय भ्रमणका क्रममा यो घोषणा गर्न पाउनु खुसी लागेको बताउनुहुँदै मुखर्जीले मन्दिर क्षेत्र आसपास रहेका घाटहरुको पुनर्निर्माणमा सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ ।pranab-mukhaji-650x486-2

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.