भर्खरै

‘महाअभियोग प्रस्ताव सहमतिबाटै पारित हुन्छ ‘:एमाले सचेतक ढकाल

२०,कात्तिक । नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले संविधान संशोेधन तथा अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव प्याकेजमा लगेर राजनीति गर्न नहुने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सन्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अख्तियार प्रमुख कार्कीको महाअभियोग र संविधान संशोधनको विषय फरक भएकालै एकैठाउँमा राखेर हेर्न नहुने धारणा राखे ।

उनले भने–‘संसदमा पेस भएको अख्तियार प्रमुखको महाअभियोग प्रस्ताव पारित हुन्छ ।’ सचेतक ढकालले ११ सदस्यीय महाअभियोग समितिले काम थालिसकेको तथा त्यसबारेमा २५ गते बस्ने संसद बैठकबाट छलफल सुरु हुने भएकाले महाअभियोग प्रस्तावकोबारेमा निर्णय हुँदैन भन्नु अत्युक्ति नहुने तर्क गरे । दलबीचमा भएका छलफल र सहमतिबाट नै महाअभियोगको निर्णय हुने उनको तर्क छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.