भर्खरै

रामदेवलाई २ सय बिघा जग्गा दिने तयारी , स्थानीयले गरे बिरोध

१४,मंसिर । पतन्जली योगपीठ हरिद्धार भारतका स्वामी रामदेवलाई जडीबुटी खेती तथा आयुर्वेद शिक्षण अस्पताल निमार्णका लागि भन्दै नेपालसंस्कृत विश्व विद्यालयले २ सय बिघा जग्गा भाडामा दिने तयारी गरेको छ ।
विश्वबिद्यालयका उपकुलपति कुलप्रसाद कोइराला तथा उच्च कर्मचारीको पहलमा ४० वर्षका लागि जग्गा भाडामा दिन लागिएपछि विश्वविद्यालयका पदाधिकारी नै विरोधमा उत्रिएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

स्थानीय तहमा विवाद भएपछि यस सम्बन्धी फाइल सिधै प्रधानमन्त्री पुष्पकमल दाहालकहाँ पठाइएको छ ।स्रोतका अनुसार रामदेवले प्रधानमन्त्रीलाई प्रभावमा पारेर उक्त निर्णय गराउँदैछन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.