भर्खरै

संसोधन बारे एमाले संसदिय दलको आकस्मिक बैठक

१५ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

विहान ११ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा सरकारले संसदमा दर्ता गराएकोसंविधान संशोधनविरुद्ध के गर्ने भन्ने रणनीति तयार पारिने सचिव योगेश भट्टराईले जानकारी दिए ।‘राष्ट्रघाति तथा देश विखण्डन गर्ने संशोधन प्रस्तावविरुद्ध कसरी अगाडि बढ्ने, भातृ संगठनलाई कसरी परिचालन गर्ने भन्ने विषयमा निर्णयहरु हुन्छ,’ भट्टराईले भने– ‘संशोधन प्रस्ताव कुनै हालतमा अगाडि बढ्न दिँदैनौं ।’

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संशोधन प्रस्ताव पारित गरेर संसदमा दर्ता गराएसँगै एमाले भातृ संगठनहरु सडकमा उत्रिइसकेका छन् । विशेषगरी पाँच नम्बर प्रदेशमा सबै दल विरोध उत्रेका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.