भर्खरै

संबिद्यान संशोधनमा भारतिय चासो , राजदुतले मधेसी मोर्चालाई बोलाएर यसो भने

१८ मंसिर । नेपालस्थित भारतीय राजदूत रणजित रायले संविधान संशोधन विधेयकको समर्थन गर्न मधेसी मोर्चाका शीर्ष नेतालाई ‘दबाब’ दिएका छन्। शनिबार विहान दूतावास मै बोलाएर राजदूत रायले सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई समर्थन गर्न दबाब दिएका हुन्। संशोधन प्रस्तावलाई मधेसी मोर्चाले नस्विकार्ने बताएपछि राजदूत रायले चासो व्यक्त गरेका हुन्।।

शनिबार विहान भएको भेटमा संविधान संशोधन र भारतीय लगानीमा तराईमा सञ्चालित परियोजना शिघ्र कार्यान्वयनका विषयमा छलफल भएको स्रोतले जनाएको छ । त्यसअवसरमा राजदूत रेले संविधान संशोधनका लागि आएको अहिलेको प्रस्तावमा तपाईहरुको धारणा के हो ? कसरी अगाडि जाने भन्नेबारे चासो व्यक्त गरेका थिए ।

यता भेटमा सहभागी सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भेटघाट भएको र समग्र विषयमा सामान्य छलफल भएको बताए ।

भेटमा राजेन्द्रसहित उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्रराय यादवलगायत सबै शीर्ष नेता सहभागी थिए ।

भारतीय राजदूतले मधेसी नेताहरु भेट्दा एमाले निकट युवा संघ र अनेरास्ववियुले राजदूतावासअगाडि भारतविरुद्ध प्रदर्शन गरेका थिए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.