भर्खरै

‘रअ’ प्रतिनिधि काठमाडौमा,एमाले फुटाउन लागेको खुलासा गर्दै नेमकिपा सांसदले यसो भनिन्

१९,मंसिर । संविधान संशोधनविधेयकको विरोधमा उत्रिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई फुटाउन भारतले आफ्ना संयन्त्र परिचालन गरेको खुलासा भएको छ ।

व्यवस्थापिका संसदको आजको बैठकमा नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले पुष्पकमल दाहालले ल्याएको प्रस्तावमै दुईतिहाइले संविधान संशोधन गराउन भारतीय ‘रअ’ का अधिकारीहरु नेपालमा परिचालित भएको र एमालेलाई विभाजन गराउन लागिपरेको बताइन् ।‘रअका पूर्व प्रमुख आलोक जोशी १५ दिनदेखि काठमाडौंमा बसेर संविधान संशोधन विधेयक ल्याउन निर्देशन दिइरहेको, राप्रपालाई मिलाएको तथा एमालेलाई विभाजन गराउन लागिपरेको सुनिएको छ ।

भारतीय राजदूतले पनि खुलेयाम गतिविधि गरिरहेका छन्,’ उनलेभनिन्- ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेका राजदूत रञ्जीत रे र रअ पूर्व प्रमुख जोशीलाई अविलम्ब फिर्ता पठाउनुपर्दछ । हामी संसदबाट यो जोडदार माग गर्दछौं ।’सांसद थापाले नेपालको आन्तरिक मामिलाबारे विदेशीसँग गुहार्ने राजनीतिक नेताहरुलाई पनि कारवाही गर्नुपर्ने संशोधन ल्याइनुपर्ने माग गरिन् ।

संविधान संशोधन प्रस्ताव राष्ट्रघाति भन्दै एमाले, जनमोर्चा, माले, नेमकिपा लगायतका दलहरुले संसद र सडकबाट अविलम्ब फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

यसअघि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधनमा एमालेलाई भारतबाट ठूलो दबाब आउने र पार्टी फुटाउनेसम्मको गतिविधि हुनसक्ने भन्दै घुँडा नटेक्न केपी ओलीलाई सार्वजनिक रुपमा आह्वान गरेका थिए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.