भर्खरै

‘पोख्रेलिको ताली पाउछु कि भनेको गाली पो पाए’:- मन्त्री शाही

२८,मङ्सिर।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले मुलुककासबै एअरपोर्टको आम्दानी चिनिया बैंकको खातामा जम्मा गर्ने सहमति गर्दा राष्ट्रघातको आरोप लाग्ला भनेर त्यसो नगरेको बताएका छन् ।
उनले भने, ‘पोखराको भाषणमा मैलै कसैलाई राष्ट्रघातीको संज्ञा दिएको हैन ।’ पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक व्यापार मेलाको उद्घाटनपछिउनले भनेको थिए, ‘अब हामीले रिजल्टलाई हेर्नुपर्नेछ । रिजल्ट हेर्नको लागि विभिन्न खालका राष्ट्रघातहरु भएका छन् ।

आज झन्नै झन्नै नेपालका सबैएअरपोर्टहरु कुनै एउटा कम्पनीलाई धितो राख्ने कुराहरु भइरहेका छन् ।’पोखरा विमानस्थल बनाउने बारेमा नेपाल र चीनबीच डिल भएको र सफ्ट लोन दिएपछि ‘रि पे ब्याक’ को लागि चीनले ग्यारेन्टी खोजेकाले प्रक्रिया ढिलो भएको उनले प्रस्ट पारे ।

नेपालका सबै एअरपोर्टको आम्दानी उताको खातामा राख्न नेपाल सरकार सहमत नभएको र पोखरा विमानस्थलको रोयल्टी मात्रराख्ने भनेपछि अहिले आएर चिनिया पक्ष सहमत भएको उनलेबताए । यसरी रकम राख्ने खातालाई ‘स्क्रु एकाउन्ट’ भनिन्छ ।वैशाख १ गते विमानस्थल शिलान्यास भए पनि फ्लाइट प्रोसिड्युरको डिटेल प्रोजेक्ट रिपोर्ट नै तयार नभएकाले पनि काम सुरु हुन नसकेको उनको भनाइ थियो । उनले भने,‘अन्तर्राष्ट्रिय विमानस्थल भनिए पनि कुन क्षमताका जहाज आउँछन् भन्ने बारेमा अझै अध्ययन भएको छैन ।’

पूर्वतिर विजयपुर डाँडा र उत्तर पश्चिममा सराङकोट डाँडा भएका कारण ३ हजार मिटर रनवे बनाए पनि वाइड बडीको जहाज अवतरण गर्न सक्ने अवस्था नरहेको उनले जनाए ।पोखरेलीको ४ दसकदेखिको चाहाना छिट्टै पूरा होस भनेर नेपाल सरकारका तर्फबाट काम थालेको उनको भनाइ थियो । डिपिआर निर्माणको काम थाल्न ६० करोड रुपैयाँको टेन्डर आह्वान भइसकेको र यो रकम पछि ठेकेदार कम्पनीबाटै असुल गरिने भनाइ उनले राखे ।

मन्त्री शाहीले भने,‘छिटो सकियोस भनेर सरकारी तबरबाटै काम थालेको खबर दिँदा पाउँछु भनेको छ गाली पो खाइयो ।’बारबन्देज र माटो भर्ने कामका लागि टेन्डर आह्वान गरिएको उनले बताए । उनका अनुसार जनवरी महिनासम्म माटो भरेर सकिन्छ । चिनिया कम्पनीले सम्झौता तोड्ने र काम नहुने आशंका गर्नुनपर्ने उनले प्रस्ट पारे ।

सरकार परिवर्तन हुनेवित्तिकै विभिन्न आशंका उब्जने गरेकाले अब पोखरा विमानस्थलको हकमा शंका नगर्न उनले आग्रह गनि गरे ।कांग्रेस सभापति शेरबहादुरदेउवाको नाम भज्याएर उनकै आफन्तले चिनिया ठेकेदारसँग५० करोड कमिसन मागेको भन्नेबारे आफूलाई केही थाहा नभएको उने बताए । उनले भने,‘यस्ता खाले गलत कुरालाई अघि ल्याएर मान्छेलाई बदनाम गर्नुहुँदैन, पत्रकारलाई म आग्रह गर्छु, राम्रो काम गर्नेलाई साथ दिनुपर्छ ।

’मन्त्रीको भाषण जस्ताको तस्तै

मैले सुन्ने गरेको छु, यहाँको एअरपोर्ट हामी नजन्मदै आएको एअरपोर्ट हो ।त्यो बेलाको एअरपोर्टले जुनखालको सेवा र सुविधा दिनुपथ्र्यो दिन सकेन भनेर २०३२ सालमा आजको जुन अन्तराष्ट्रिय एअरपोर्ट बन्ने भन्ने ठाउँ छ, त्यो ठाउँमा जग्गा लगिएको थियो ।त्यो वास्तवमा आन्तरिक फ्लाइटका लागि भनेर लगिएको हो । तर आज सौभाग्य भन्नुपर्छ यो अन्तराष्ट्रिय एअरपोर्टमा परिवर्तन भएाको छ । तर हामी हाम्रा कामहरु पूरा नगर्दै हामी शिलान्यासको लागि हतार गर्छौं । र जनतालाई आशा जगाउछौं । काम नभएपछि जनता निराशाजनक ढंगले अगाडि बढिरहेका हुन्छन् ।

म पर्यटन मन्त्री । मेरो मन्त्रालयको नाम पनि अलि लामो छ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भइसकेपछि पोखरा भैरहवा र निजगडको एअरपोर्टलाई कसरी अगाडि बढाउने भन्नेमा म बारम्बार लागिरहेको छु ।आज म यहाँहरुको सामुन्नेमा आएर कुरा गरिरहेको छु ।

यद्यपि म यो भन्दा अगाडि ३ चोटी आएर मैले निरीक्षण गरिसकेको छु । र यो एअरपोर्ट केही हाम्रा दाता राष्ट्रहरुसँगको सम्झौताको कारणले केही ढिलो देखिएता पनि आज म बिहान गएर नेपाल सरकारको जुन क्यान भन्ने प्राधिकरण संस्था छ, त्यसको अध्यक्ष पनि पर्यटन मन्त्री हुने भएकाले यसलाई कुनै पनि हालतमा काम अगाढि बढाउने भनेर मैले निर्देशन दिइसकेको छु ।

चीनको एक्जिम बैंकसँगको कुरा हुँदै गर्दा आज हामी कोही न कोही कसैलाई दक्षिणतिरको र कोही कसैलाई उत्तरतिरको भनेर नाम जोड्ने गरेका छौं । र हामी एउटालाई राष्ट्रघाती भन्छौं, वास्तवमा भन्ने हो भने हामी सबै नेपालीले चनाखो हुनुपर्नेछ ।

हाम्रा नेताहरु, हाम्रा माथिल्लो लेभलका बसेका को हुन कस्तो हुन् भन्ने थाहा छैन । कतै हाम्रो देशको विरुप बनाउनमा उहाँहरुको हात त छैन भन्ने लागिरहेको छ ।यसमा नेपाली जनता सजग हुनुपर्ने कुरा के छ भने कसैले मिठो भाषण गर्दैमा यसले काम गर्यो भनेर भन्ने हैन ।

अब हामीले रिजल्टलाई हेर्नुपर्नेछ । रिजल्ट हेर्नको लागि विभिन्न खालका राष्ट्रघातहरु भएका छन् । आज झन्नै झन्नै नेपालका सबै एअरपोर्टहरु कुनै एउटा कम्पनीलाई धितो राख्ने कुराहरु भइरहेका छन् । ती धितो राख्न दिनुहुन्न भन्ने अडानको कारण काम केही ढिलो भएको हो ।

म यहाँ पोखरेली दाजुभाइ दिदी बहिनीहरुलाई भन्न चाहन्छु, यदि विदेशी ऋण नआए पनि नेपाल सरकारले आफ्नै पैसाबाट पनि पोखराको अन्तराष्ट्रिय विमानस्थल बन्छ, बन्छ, बन्छ । यो ४ वर्षमा नबने ५ वर्ष लाग्ला किनकि देशको परिस्थिति यस्तै छ । यहाँको अवस्था यस्तै छ तपाईँ हामी सबैले यो कुरा बुझेका छौं । सानो सानो कुरामा चाहिँ हामी झगडा गरेर बस्छौं ।

त्यसका कारण म पोखरेली दाजुभाइ दिदीबहिनीहरुलाई अनुरोध गर्न चाहान्छु, यहाँचाहिने जग्गाहरु जेजस्तो भए पनि, तपाईंहरुलाई हो । हो, व्यक्तिलाई ठूलो पीडा परेको हुनसक्छ, तर राष्ट्रको लागि तपाईहरुले पनि नेपाल आमालाई सम्झेर केही दुखकष्टहरुलाई बिर्सेर यो एअरपोर्ट बनाउँदा तपाईंहरुले वाधा अड्चन ल्याइदिनुहुनेछैन भन्ने मैले विस्वास लिएको छु ।र यो शनिबार मात्रै तपाईंहरुको हाम्रो आफ्नै नेपाल सरकारबाट झन्नै झन्नै ५०÷६० करोडको ठेक्का हुँदैछ । यसले गर्दा खेरि हाम्रो आफ्नो गतिले बढ्ने काम अघि बढ्छ ।

सायद यसरी काम अगाडि बढाएमा पोखराको टुरिजमको लागि मेरो कार्यकालमा एउटा नमुना काम हुनेछ भन्ने मैले विस्वास दिलाउन चाहान्छु ।

आजको समाधान दैनिकमा खबर छ

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.