ओलि र बिजुक्छे बिच भयो यस्तो सहमति !

भर्खरै

२९,मङ्सिर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले वर्तमान सरकार बाह्य निर्देशनमाचलेको निस्कर्ष निकालेका छन् । राष्ट्रियताको मुद्दामा वामपन्थीबीचको मोर्चा बनाएर सामुहिक प्रतिवादगर्नेमा पनि ओली र विजुक्छे सहमत भएका छन् ।

बिहान विजुक्छेको निवासमा भएको दुई नेताबीचको भेटवार्तामा सरकारले अघि सारेको संसोधनन प्रस्ताव, त्यसभित्र लुकेको शक्तिकेन्द्रहरुको चाहानाको विषयमा छलफल भएको थियो ।

अध्यक्ष विजुक्छेले अहिलेको समस्यालाई कसरीनिकास दिने विषयमा छलफल भएको जानकारी दिए ।भेटवार्तामा अध्यक्ष ओलीले मंगलबार प्रमुख तीन नेताबीच भएको छलफलका विषयमा पनि जानकारी गराएका थिए ।

‘स्थानिय निकायको चुनाव र संविधान संसोधन प्रस्तावलाई सँगै लैजाने विषयमा सत्तापक्षका तर्फबाट प्रस्ताव आएको रहेछ’ विजुक्छेले भने, ‘पहिला चुनावको मिति घोषणा गरेर त्यसमा वाताबरण नबनेसम्म संसोधन प्रस्ताव रोक्नुपर्नेमा हामी एकमत छौ ।संसोधन प्रस्ताव अधि बढाउन नदिनेमा निस्कर्षनिकालेका छौ । ’ भेटवार्ता बिहान करिव एक घण्टा भएको थियो ।

Post Comment