भर्खरै

‘सरकारले चौका हान्दा एमालेले छक्का हानिदियो’

१,पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चौका हानिरहँदा एमालेले छक्का हानिदिएको बताउनुभएको छ ।

विशेष कार्यक्रमका लागि शुक्रबार गृहजिल्ला झापा आइपुगेका पूर्व प्रधानमन्त्री ओलीले भद्रपुरस्थित विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै संविधानमा संशोधन गर्न के का लागि भन्ने स्पष्ट खाका नआएकोले आफूहरुले विरोध जनाएको बताउनुभयो ।

सविधान संशोधन भनेको के का लागि भनेर आफूहरुले खाका मागेको तर सरकारसँग त्यसको स्पष्ट जवाफ नभएकाले पनि आफूहरु संशकित भएको ओलीको भनाई छ ।

ओली आज नै झापा पृथ्वीनगरका जनप्रतिनिधि प्रदीप मेयाडे्बोको निधनमा समबेदना दिन झापा आउनु भएको हो । उहाँले आज झापाको विभिन्न स्थानमा राखिएको कार्यक्रमा समेत सम्बोधन गर्नुहुने एमाले झापाले जनाएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.