भर्खरै

नेपाल-चीन सैन्य अभ्यासले भारत डरायो

१३,पुस ।नेपालसँग प्रायः नियमितसैन्य अभ्यास गर्दै आएको भारतले नेपाल–चीनबीच हुने भनिएको सैन्य अभ्यासको तयारीलाई भारतीय पक्षलेनिकै चासोका साथ लिएको  छ ।चीनसँगको सैन्य अभ्यासले नेपाल–भारत सम्बन्धमा असर पुर्याउनसक्ने भारतले आशंका व्यक्त गरेको हो ।आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

नेपाल–चीनबीचको सैन्य अभ्यासको तयारीलाई लिएरभारतीय अधिकारीहरुले दिल्लीस्थित नेपाल दूतावास र भारतका लागि नेपाली राजदूत दीपकुमारउपाध्यायसँग जिज्ञासा राखेको परराष्ट्र स्रोतले जनाएको छ ।

यही प्रसंगलाई जोडेर भारतीय अखबार टाइम्स अफ इन्डियाले मंगलबारको अंकमा राजदूत उपाध्यायसँगको भनाई राखेर समाचार प्रकाशित गरेपछि भारतीय चासो प्रष्ट रुपमा सार्वजनिकभएको हो ।

नेपालले भारतसँग् वर्षौँ अघिदेखि संयुक्तसैन्य अभ्यास गर्दै आएकामा चीनसँग पनि त्यस्तै अभ्यास हुन लागेको अवस्थामा अनावश्यक प्रचार मात्र भएको नेपाली सेनाका अधिकारीहरु बताउँछन् ।स्रोतका अनुसार चिनियाँपक्षले नेपाललाई २ महिनापछि तालिम गर्न प्रस्ताव गरेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.