भर्खरै

प्रचण्डका कारण नारायणकाजीले शिर झुकाएर मागे सार्बजनिक माफि !

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले माफी मागेका छन् ।

पार्टी अध्यक्ष एवं सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उदासिनताका कारण नेता श्रेष्ठले शिर झुकाउँदै जनतासँग माफी मागेका हुन् ।

श्रेष्ठले केही दिन अघि नेपालगञ्जको पत्रकार सम्मेलनमा एक साताभित्र स्थानीय निर्वाचनको मिति घोषणा हुने ठोकुवा गरेका थिए । उनको आशय माघ १५ भित्र निर्वाचन घोषणा हुन्छ भन्ने थियो ।

तर, आज १७ गते वितिसक्दा समेत निर्वाचन घोषणा नभएपछि उनले आफूले बोलेको कुरा पूरा हुन नसकेको भन्दै जनसमुदायसंग क्षमा मागेका हुन् । ‘विभिन्न कारणले निर्वाचन घोषणा उक्त मितिभित्र हुन सकेन्,’ श्रेष्ठले भनेका छन्- ‘त्यस निम्ती म जनसमुदायसंग क्षमा याचना गर्दछु ।’

नेता श्रेष्ठले यथाशीघ्र निर्वाचन घोषणा गर्न सरकारसँग पुनः माग गरे । ‘निर्वाचन घोषणा हुनुपर्छ । देशको सामु अर्को कुनै विकल्प छैन्,’ उनले भनेका छन् ।

नारायणकाजी माफी माग्दा माओवादी केन्द्रका नेताहरुले भने असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा ‘हिरो’ बन्न खोजेको उनीहरुको आरोप छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.