भर्खरै

प्रधानमन्त्रीले एमालेप्रति आक्रोशित हुदै भने :-‘राष्ट्रवादको नाममा देश विखण्डन गर्ने संग कडा रुपले प्रस्तुत हुन्छु ’

खिम्ती । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रवादको नाममा देश विखण्डन गर्नेहरुप्रति अब कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

विहीवार दोलखाको खिम्तिमा विद्युत प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी एमालेले राष्ट्रवादको नाममा देश विखण्डनको प्रयास गरिरहेको आरोप लगाए ।

‘राष्ट्रवादको नाममा देश विखण्डन गर्नेहरुप्रति अब सरकार कडा रुपमा प्रस्तुत हुन्छ,’ प्रचण्डले भने- ‘नेपालका सबै भावनाहरुलाई एकीकृत गरी राष्ट्रियतालाई थप मजबुत पार्छाै ।’

तराई मधेश र पहाडको भावनालाई अलग थलग पार्ने हर्कतहरुलाई सरकारले अबदेखि छुट नदिने उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्तावमार्फत सरकारले नेपालका सबै भावनाहरुलाई एकीकृत गरी राष्ट्रियतालाई थप मजबुत पार्ने कोशिस गरेको दाबी गरे ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.