भर्खरै

मधेशमा अंगीकृत नागरिकता पाएका अपराधिले भन्दैमा संविधान संशोधन हुदैन :-नेता चौलागाई

भक्तपुर । नेपाल एमालेका पोलिटब्यूरो सदस्य पशुपति चौलागाईले मधेशमा अंगीकृत नागरिकता पाएका एकाध अपराधिको नाममा संविधान संशोधन गर्न नसकिने बताएका छन् ।

रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता चौलागाईले मधेशी जनता संविधान संशोधनको पक्षमा नभएको बताए । वर्तमान ब्यवस्थापिका संसदले संविधान संशोधन गर्न नसक्ने बताउँदै संविधान संशोधन मधेशी जनताको माग नभई मधेशका एकाथ अंगीकृत नागरिकता पाएको ब्यक्तिको माग भएको उनको आरोप छ । मधेशी मोर्चाकोे नाममा जो संगठीत भएर आएका छन् तिनीहरु मधेशी जनताविरोधी, राष्ट्रविरोधी भएको उनले बताए ।

मधेशका भोका नांगा र गरिवी जनताको माग नउठाउने मधेशी मोचा देश विभाजन गर्ने कुरा उठाउनेहरु अपराधीक कार्य गरिरहेको बताए । निर्वाचनबाट दुई तिहाई ल्याएर संविधान संशोधन गर्न मधेशी मोर्चालाई उनले चुनौती दिए । उनले आजको आवश्यकता संविधान संशोधन नभई निर्वाचन भएको बताउँदै सरकारले निर्वाचनको नाममा जनताको आँखामा छारो हाल्ने कार्य गरिरहेको बताए ।

९० प्रतिशतभन्दा बढी बहुमतले पारित गरेको सविधानलाई केहि मधेशवादी नेताले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताउँदै वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकार निर्वाचन नगर्न नाटक मञ्चन गरिरहेको उनले बताए । सरकारले रञ्जित रे लाई रिजाउन निर्वाचन जेठसम्म गर्ने भनेर नाटक मञ्चन गर्दै रेको निर्देशन कुरेर बसेको उनको आरोप छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई वर्तमान प्रधानमन्त्री दाहालले सत्ता हस्तान्तरण नगर्लान र सत्ता समीकरण परिवर्तन भएर प्रधानमन्त्री बन्न नपाइएला भन्ने चिन्तामा रहेकाले मधेशी मोर्चालाई संविधान संशोधनपछि मात्र निर्वाचनको आश्वासन दिएको उनले बताए । कांग्रेसभित्र निर्वाचन गराउने र नगराउने दुई धार रहेकाले कांग्रेसको इतिहासलाई ख्याल गर्दै शक्ति केन्द्रको निर्णय नकुर्न उनले कांग्रेस सभापति देउवालाई आग्रहसमेत गरे ।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचन गर्न नाचाहेको बताउँदै रञ्जित रेको निर्देशन कुरेर बसेको उनको भनाइ छ । एमाले कुनै पनि हालतमा जेठको पहिलो साताभित्र निर्वाचन गर्नुपर्ने पक्षमा रहेको बताउँदै निर्वाचन गर्न नसके सरकारको औचित्यता समाप्त हुने उनले बताए यो । उनले सरकारले बैशाखको अन्तिम सातासम्म निर्वाचन गर्ने वातावरण बनाउनुपर्ने बताउँदै निर्वाचनको मिति घोषणा नगरेर सरकारले निर्वाचन गर्न नाचाहेको स्पष्ट भएको बताएका छन् ।

जेठको पहिलो सातासम्म पनि निर्वाचन गर्न नसकिए त्यसपछि बजेटका विषयमा छलफल गर्नुपर्ने र वर्षा सूरु हुने भएकाले तत्काल निर्वाचन मिति घोषणा गर्न सरकारलाई उनले आग्रह गरे । दस वर्षसम्म कथित जनयुद्ध गरेको पुष्पकमल दाहालले केहि शक्ति केन्द्रको निर्देशनमा चल्नु जनताको निम्ति लाजमर्दो र जनघाती कार्य भएको बताउँदै निर्वाचनबाट नभाग्न उनले आग्रह गरे ।

दुनियामा सत्तापक्ष निर्वाचनको पक्षमा हुने गरेको भएपनि नेपालमा भने कहि नभएको प्रतिपक्षले निर्वाचन गर भन्दा पनि नगर्ने सरकार निर्वाचनबाट डराइरहेको उनले बताए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.