भर्खरै

सत्ता साझेदार काँग्रेस भित्रै निर्वाचन सार्ने यस्तो चलखेल

देशकै ठूलो पाटी नेपाली काँग्रेसभित्रै आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिति दवाव सृजना भएको छ । स्थानीय तहको निर्वाचन आउँन करिब महिना मात्रै बाँही रहेको अवस्था पार्टी नेतृत्वलाई यस्तो दवाव परेको छ ।

नेपाली काँग्रेसको शनिबार बसेको २ नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद, केन्द्रीय सदस्य तथा जिल्ला सभापितहरुको बैठममा जिल्ला सभापतिहरुले मोर्चालाई सहमतीमै ल्याई एकै चरणमा स्थानीय तहको निर्वाचन गर्नका लागि कम्तीमा १० दिन पछि सार्न दवाव दिएका हुन् ।

जिल्लाका सभापतिहरुले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनु पार्टी र देश दुवैका लागि हित हुने नेतृत्वलाई सुझाव दिएका छन् । नेपाली काँग्रेसका मधेश केन्द्रित नेता तथा सांसदहरुले निर्वाचनको मिति पछि सारेर भएपनि मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनु पार्टी र देश दुवैको लागि हित हुने धारणा राख्दै आएका छन् ।

यद्यपि सरकारले दुई चरणमा निर्वाचन गर्नुपरेपनि मिति भने नसार्ने बताउँदै आएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.