भर्खरै

संसदमा कुर्सि फोडेका माओवादी सासंदबाट स्थानिय बिकास अधिकारी माथि हातपातको प्रयास

नेकपा माओवादी केन्द्रका सांसद उमेश यादवले सप्तरीका स्थानीय विकास अधिकारी (एलडीओ)लाई हातपातको प्रयास गरेका छन् ।

पूर्व सिंचाईमन्त्री समेत रहेका यादवले स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेललाई जिल्ला समन्वय समितिको कार्यालयभित्रै हातपातको प्रयास गरेका हुन् । एक दर्जन बढी व्यक्तिलाई लिएर पुगेका सांसद यादवले पोखरेलको कार्यकक्षको ढोका तोडेर हातपातको प्रयास गरेको कर्मचारीहरुले बताएका छन् ।

‘स्थानीय विकास अधिकारीज्यू कार्यालयमै रहँदा एक्कासी आउनुभएका उहाँले ढोकामा हिर्काउन थाल्नुभयो’ एक कर्मचारीले भने, ‘ढोकमा हिर्काउँदै भित्र जान थालेपछि पोखरेलज्यूको अँगरक्षक र हामीले भित्र गई ढोका लगाएर बचाएका छौं ।’

स्थानीय विकास अधिकारी पोखरेलले भित्रबाट ढोका नलगाएको भए निश्चय नै आफू आज पिटाई खान सक्ने अवस्था आएको बताए । उनले तत्कालै कर्मचारीहरु आएकाले आफूलाई केहि नभएको सुनाए ।

उनले यादवको गाउँ लालापट्टीमा गएको योजनालाई लिएर आफूमाथि खनिएको बताए । गएको योजनामा काँग्रेसका नेता र उहाँबीच द्वन्द्व रहेको बताउँदै आफू कसैको कुरा नसुनी वास्तविकता अनुसार काम गर्न खोजेपनि आफूमाथि दुर्व्यबहारको प्रयास भएको उनले सुनाए ।

सांसद यादवले आफूले त्यस्तो कुनै काम नगरेको दाबी गरे । पोखरेलले कांग्रेसका नेताहरुको मात्रै कुरा सुन्ने गरेको र आफूहरुको कुनै कुरा सुन्न नसकेको उनकत्त आरोप छ । उनले आफू यो कुरा भन्न मात्रै गएको दाबी गरे ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.