भर्खरै

विराटनगर महानगरपालिकामा नेपाली काँग्रेस विजय नजिक

विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस विजय नजिक पुगेको छ । नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार भीम पराजुलीले १९१५१ मत प्राप्त गरिसकेका छन् । उनलाई पछयाइरहेका एमालेका बिनोद ढकालले १३८३५ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका संघिय समाजवादीका उमेश यादवले १२६७७ मत पाएका छन् ।

यसैगरी उपमेयरतर्फ काँग्रेसकी ईन्दिरा कार्कीले १६६७० मत प्राप्त गरेकी छन् । दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी नमिता न्यौपानेले ९७०६ मत पाएकी छन् । तेस्रो स्थानमा रहेकी फोरम लोकतान्त्रिककी सुची चौधरीले ८५७० मत प्राप्त गरेकी छन् ।

८० हजार ४ सय ७७ मत खसेको विराटनगर महानगरमा शनिवार बिहान सम्ममा १६ वटा वडाको मत गणना भैसकेकको छ । बाँकी रहेको ३ वटा वडामा धमाधम मतगणना भैरहेको छ । शनिवार साँझ सम्ममा यस महानगरको अन्तिम मतपरिणाम आउन सक्ने बलियो सम्भावना देखिन्छ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.