भर्खरै

धेरै मोटो रकम कुल्याएर बूढीगण्डकी बेच्न बेच्न खोजियोः एमाले

सरकारले अपारदर्शी ढंगले बूढीगण्डकी आयोजना निर्माणको चिनिया कम्पनीलाई निर्माणको जिम्मा दिएको भन्दै संसद्मा एमालेले बिरोध जनाएको छ ।

व्यवस्थापिका संसद्को आइतवार बसेको बैठकको विशेष समयमा एमाले सांसद राजेन्द्र पाण्डेले आयोजनाका सन्दर्भमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका हुन् ।

पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड सरकारले विबादास्पद चिनिया कम्पनीलाई बूढीगण्डकी आयोजना निर्माणको जिम्मा लगाउने निर्णय गरेको थियो ।

‘आयोजना निर्माणको शिलशिलामा इन्धनमा कर लगाएर पैसा उठाइसकेको सन्दर्भमा आयोजनाको काम कसरी हुन आटेको हो ? सरकारले संसदमा जानकारी गराउनु पर्छ’ पाण्डेले भने, ‘अन्यथा यो धादली, धेरै मोटो रकम कुल्याएर बेच्न खोजिएको ठहर्छ ।’

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.