भर्खरै

भदौ ७ गते प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान गर्ने ,यस्तो छ कार्यतालिका

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका लागि भदौ ७ गते दिल्ली प्रस्थान गर्ने छन् ।

पत्नी आरजु देउवा राणासहित नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर देउवा भारत जान लागेका देउवा राष्ट्रपति भवनमा पाहुना बन्ने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार ८ गते बिहान उनको सम्मानमा दिइने ‘गार्ड अफ अनर’मा अवलोकन गर्नेछन् । त्यसपछि प्रधानमन्त्री देउवा राजघाटमा रहेको महात्मा गान्धीको समाधीस्थलमा गएर श्रद्धान्जली दिनेछन् । त्यही दिन उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वेंकैया नयडुसँग छुट्टाछुट्टै भेट वार्ता गर्ने छन् ।

सोही दिन प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले सोही दिन दिवाभोजको आयोजना गर्नेछन् । दिल्लीमा रहँदा देउवाले भारतीय बुद्धिजिवी र उद्यमीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा प्रधानमन्त्री देउवा भारतीय राज्यहरू तेलंगना, आन्द्रप्रदेश र बिहार पनि जाने जानकारी दिएकोछ । ती राज्यको कुन ठाउँमा के कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सहभागी हुने भन्ने खुलाएको छैन । उनी ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.