भर्खरै

भारतमा पक्राउ परेका नेपाल युवा रिहा, प्रहरीले मानसिक यातना दियो

दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनलाई सघाएको आरोपमा तीनसाता अघि भारतको सिलीगुढीमा पक्राउ परेको नेपाली युवा उदयहाङ फागो बिहीबार रिहा भएका छन् ।

उनलाई तारेखमा रिहाइ गरिएको छ । गोर्खाल्याण्ड आन्दोलनका क्रममा पश्चिम बंगालको सुकुनामा भएको प्रदर्शनमा सहभागी भएको र प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनलाई २४ दिन अघि सिलीगुढीको एक अस्पताल परिसरबाट पक्राउ गरिएको थियो ।

आमाको उपचारको शिलशिलामा उनी सिलीगुढी पुगेका थिए । उनी निर्दोष रहेको प्रमाणका आधारमा रिहाइ गरिएको मानवअधिकारकर्मीहरुले बताएका छन् ।

सूर्योदय नगरपालिका–१० इलामका फागोलाई मानवअधिकारीकर्मी, पत्रकार तथा आफन्त र शुभेच्छुकहरुको निरन्तरको पहलमा रिहाइ गरिएको हो ।

रिहा भएपछि नेपाल आएका फागोले नेपालीहरुलाई भारतीय प्रहरीले आतंककारीलाई जस्तो व्यवहार गरेको अनुभव सुनाए । ‘राई-लिम्बु अनुसार र लाहुरेहरु त भारत नगए पनि हुने रहेछ, अनावश्यक रुपमा फसाइदो रहेछ,’ उनले भने ।

प्रहरी हिरासतमा रहँदा अनावश्यक प्रश्न सोधेर प्रहरीले मानसिक यातना दिएको उनको अनुभव छ । रिहाइका लागि नेपाल सरकारले खासै पहल नगरेकोप्रति भने उनले चिन्ता ब्यक्त गरे ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.