भर्खरै

मोदीको सुरक्षाका लागि बुटेल प्रुफ कारसहित ४१ जना कमाण्डो नेपाल आईपुगे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि २ वटा बुटेल प्रुफ कारसहित ५९ जना सुरक्षाकर्मी नेपाल आई पुगेका छन् । सुरक्षाकर्मी र सामाग्री बोकेर भारतीय बायु सेनाको चार्टर विमान मंगलबार ११ बजे काठमाण्डु अवतरण गरेको छ ।

विमानस्थल स्रोतका अनुसार विमानमा दुईवटा बुलेट प्रुफ गाडी सहित आवश्यक सुरक्षा सामग्री नेपाल भित्रिएको छ ।

भारतीय पक्षले आवश्यक सामाग्री फिर्ता भारत नै लैजाने गरी भन्सार छुटका लागि गृहमन्त्रालयबाट पत्र ल्याएपछि ती सामाग्री विमानस्थलबाट तोकिएको स्थानमा लैजाने तयारी गरिएको छ ।

काठमाण्डुमा रहँदा मोदीको प्रयोगका लागि दुईवटा बुलेटप्रुफ गाडी, चालक दलका १८ सदस्य र ४१ जना कमाण्डो नेपाल आएको बताइएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.