भर्खरै

टेक्सासको सान्ताफे हाई स्कूलमा गोली प्रहार ,१० जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा १० जनाको ज्यान गएको बताइएको छ।

प्रहरीले मारिनेहरुमध्ये धेरैजसो विद्यार्थीहरु भएको बताए।

प्रहरीले सन्दिग्ध हमलाकारी एकजना विद्यार्थीलाई पक्राउ गरेकाछन्।

 

प्रहरीले विद्यालय परिसर र बाहिर पनि विष्फोटक पदार्थहरु बरामद गरेको जनाएका छन्।

ह्युस्टन शहरभन्दा झण्डै ६५ किलोमिटर टाढा रहेको सान्ताफे माध्यमिक विद्यालयमा सो गोलीकाण्ड भएको थियो।

कम्तीमा आठ जनाको ज्यान गएको प्रारंभिक विवरणहरुमा जनाइएको छ।

हताह तिको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

Dimitrios Pagourtzis,is the suspect in a deadly shooting at Santa Fe High School in Texas

गत फेब्रुअरी महिनामा फ्लोरिडा राज्यको पार्कलेण्डस्थित मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलमा गरिएको गोली काण्डमा १४विद्यार्थी सहित १७ जनाको ज्यान गएको थियो।

त्यस पछि बन्दुकको खुलाबिक्रीमानियन्त्रण गरिनुपर्ने माग गर्दै देशैभरि प्रदर्शनहरु गरिएका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विद्यालयहरुमाशिक्षकहरुलाई बन्दुक राख्‍नदिइनु पर्ने बताए पछि त्यसको आलोचना गरेको थियो।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.