भर्खरै

अमेरिकाका लागि नेपाली राजदूत कार्कीले गरे सगुनबारे बिशेष खुलासा

अमेरिकाका लागि नेपाली राजदूत नेपाली राजदुत डा अर्जुन कार्कीले सगुनबारे बिशेष खुलासा गरेका छन । नेपालीले अमेरिकामा स्थापना गरेको सामाजिक सञ्जाल सगुन डटकमबारेमा एक बिशेष अन्तर्वाता दिदै अमेरिकाका लागि नेपाली राजदुत डा कार्कीले बिभिन्न कुरा खुलासा गरेका छन् ।

सगुनले आफ्नो प्रयोगकर्ताहरु बढाउँदै लगेको तथा ठुला लगानीकर्ता हिन्दुस्तान टाइम्स लगायतले समेत लगानी गरेपछि विश्वको ध्यान तानिएको छ । सगुनका युजर २३ लाख नाघेका छन् । सगुन नेपाल, भारत लगायत दक्षिण एशिया क्षेत्रमा आर्थिक स्थायित्व स्थापनाको जग हुनसक्ने राजदूत कार्कीको भनाइ छ । ‘हामीले संसारका लिडिंग स्टार्टअप आइटी कम्पनीहरुलाई देखिरहेका छौं, तिनीहरुले अहिले विश्वको अर्थतन्त्रलाई डोर्याइरहेका छन् ।

सगुनसँग दक्षिण एशिया क्षेत्रमा उदाहरण प्रस्तुत गर्न सक्ने असिमित अबसर रहेको राजदूत कार्कीको भनाइ छ । यस्ता कम्पनीलाई विश्वभर छरिएर रहेका नेपालीहरुले साथ दिनु पर्ने उनको धारणा छ ।सगुनले विश्व बजारमा मिनी आइपिओ जारी गरिरहेको छ । अवको दुइ हप्ता पछि अर्थात जुनको दोस्रो साता यसको सेयर निस्कासन बन्द हुनेछ ।

बिश्वभरबाट www.sagoon.com/invest मा गएर डेबिट र केडिट कार्डबाट लगानी गर्न सकिनेछ । बैक खाताबाट पनि वायर गरेर लगानी गर्न सकिने कम्पनीले जनाएको छ । नेपाली भित्रबाट बिदेशी कम्पनीमा लगानी गर्ने कानुन नबनेकोले लगानी गर्न सकिदैन तर बिदेशमा बस्ने बैक खाता भएका नेपालीहरुको लागि भने स्टार्टअपमा लगानी गर्ने एक अवसर रहनेछ ।

लगानी कर्ताले प्रति सेयर २३ डलरका दरले कम्तिमा एक हजार डलर लगानी गर्नु पर्नेछ ।यो चरणको लगानी सकिएपछि सगुनको नयाँ भ्यालुएसन हुनेछ । प्रयोगकर्ता र लगानीकर्ता बढ्नुका साथै एन्ड्रोइड प्लेटफर्ममा एपसमेत सार्बजनिक भइसकेकाले सगुनको भ्यालुएसन निकै बृद्धि हुने निश्चित छ ।

यति कम मूल्यमा उदाउँदो आइटी स्टार्ट अप कम्पनीमा लगानी गर्ने अबसर कमै आउने विज्ञहरु बताउँछन् ।
सगुनको प्रगतिलाई नजिकबाट नियालिरहेका अमेरिकाका लागि नेपाल राजदूत कार्की पनि यसको बृद्धिदरलाई देखेर उत्साहित देखिएका छन् ।

नेपालको प्रबर्धनको जिम्मेवारीसमेत निर्वाह गरिरहेका कार्कीले दिएको अन्तर्वातामा नेपालीले डेभलप गरेको इकमर्स साइट सगुनप्रति निकै आशावादी देखिएका बताए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.