भर्खरै

‘इरानविरुद्ध युद्धको पक्षमा छैनन् ट्रम्प’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धको चाहना नभएको जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्ना सुरक्षा अधिकारीसँगको छलफलमा इरानसँग युद्ध गर्ने चाहना नभएको बताएका हुन् ।

छलफलमा सहभागी राष्ट्रपतिका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार युद्धको चाहना नभएपनि मध्यपूर्वमा इरानको खतराबाट अमेरिकी हित रक्षाका लागि भने कुनै कसर बाँकी नराखिने ट्रम्पको भनाइ छ ।

त्यस्तै, बेग्लै कार्यक्रममा राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध नै हुने आशा नरहेको जनाएका छन् । स्विट्जरल्याण्डको संघीय परिषद्का प्रमुख उलेइ मररसँगको भेटवार्ताका क्रममा इरानविरुद्ध युद्ध हुने आशा नगरिएको जनाएका हुन् ।

भेटवार्तापछि पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीले सोधेको ‘के अब इरानविरुद्ध युद्ध नै होला त ?’ भन्ने प्रश्नको जवाफमा ‘आशा गरौं त्यस्तो हुनेछैन’ भन्ने जवाफ दिएका थिए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.