भर्खरै

संबिधान दिवसमा अमेरिकी राष्ट्रपतिको शुभकामना : दुई देशबीचको सम्बन्ध अझ सुदृढ र मजवुत हुन्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र नेपालबीचको सम्बन्ध अझै सुदृढ हुने बिश्वास ब्यक्त गर्नुभएको छ । संविधान दिवसको शुभकामना व्यक्त गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र नेपालबीचको सात दशक पुरानो सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको हो ।

स्वतन्त्र एवं सार्वभौम नेपालको विकास तथा सबै नेपाली नागरिकको समृद्धिका निम्ति अमेरिका सहयोग गर्न दृढ रहेको जानकारी पनि पनि राष्ट्रपति ट्रम्पले गराउनु भएको छ । उहाँले प्राथमिकताका साझा क्षेत्रमा दुई देशबीचको साझेदारी रहने विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै स्विस महासङ्घका राष्ट्रपति विली माउररले स्विस सङ्घीय परिषद् र स्विटजरल्यान्डका जनताका तर्फबाट नेपाल, नेपाली जनता र राष्ट्रपति भण्डारीसमेतको उज्वल भविष्यको कामना गर्नुभएको छ ।

नेपालसँग सुदृढ सम्बन्ध कायम गर्न आफ्नो देश प्रतिबद्ध रहेको बताउँदै सन्देशमा स्विस राष्ट्रपतिले आपसी मैत्री अझ मजबुद हुने विश्वास व्यक्त गर्नुभएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.