अमेरिका कोरोना कोलोराडो जनसरोकार भर्खरै समाज

लङमन्ट हिमालयज् लायन्स क्लबद्धारा नेपालमा भोजन बिहिनलाई भोजन गराउन १ लाख ९८ हजार सहयोग

अक्टोवर २१, २०२० । कोलोराडोमा सकृय लङमन्ट हिमालयज लायन्स क्बलले मातृ भुमी नेपालमा बर्तमान परिस्थितीका कारण भोजन बिहिन हुन पुगेका नेपाली दाजुभाई दिदी बहिनीहरुलाई भोजन उपलब्ध गराउन झण्डै दुईलाख सहयोग संकलनगरी नेपाल पठाएको छ ।

मातृभुमीमा बर्तमान परिस्थिती कारण सडक मजदुर, घरवार बिहिन बालबालिकाहरु भोक भोकै पर्न थाले पछि , त्यहां रहेका स्थानिय समाजसेवी संघ संस्थाहरुको सहयोगमा सडकमा सामुहिक भोजन गराउन थालेको बिभिन्न सामाजिक संजाल मार्फत थाहापाएपछि लायन्सले सहयोग संकलन गरी पठाईएको हो ।
संस्थाले एक महिनाको बिचमा २ पटक सहयोग संकलनगरी १ हजार ७ सय डलर तथा १ लाख ९८ हजार ३ सय ७६ रुपयां नेपाल पठाएको छ । मातृ भुमीमा २०४७ साल देखी सामाजिक सेवामा सकृय बन्दि सहायता नेपालका अध्यक्ष ईन्दिरा रानामगर मार्फत भोजन बिहिनहरुलाई भोजनको ब्यावस्था मिलाउन सहयोग पठाईएको संस्थाका अध्यक्ष संजय प्रधानले बताएका छन् ।

लङमन्ट हिमालयज लायन्स क्बललले स्थापनाकाल देखिनै बाल बालिकाहरुको आंखा जांच, चश्मा संकलन तथा बितरण, नेपाली भाषा कक्षा संचालन, न्यानो कपडा संकलन तथा बितरण, बृक्ष रोपण, भुकम्प , बाढि पहिरो पिडित तथा असाहाय अपाङ्गता भएका व्यक्तिहरुकालागी सहयोग संकलन बितरण र घरवार बिहीनहरुलाई खाना बितरण लगायत बिभिन्न सामाजिक तथा संस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.