एनआरएन विशेष

अध्यक्षकी प्रत्यासी थापा र मेरिल्याण्डका गभर्नरबिच भेट

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको उपाध्यक्ष तथा अध्यक्षकी प्रत्यासी रविना थापाले मेरिल्याण्ड राज्यका गभर्नरसँग भेट गरेकी छिन् ।

उपाध्यक्ष थापाले सम्पूर्ण नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाली समुदायको लागि बिशेष विषयहरू उठाएको ज्ञापन पत्र समेत दिएकी छिन् । थापाको पत्र स्वीकार्दै गभर्नरले विविध विषयमा जानकारी लिए ।

जवाफमा गभर्नरले आफूले पत्रको जवाफ छिट्टै दिने कुरा बताएका छन् ।

नेपाली समुदायले अमेरिकामा विभिन्न व्यवसाय, सिप र काम गरेर अमेरिकाको आर्थिक उन्नतिमा, ट्याक्स तिर्नेदेखि अन्य थुप्रै कुराहरूमा योगदान दिएको उल्लेख गरिएको छ ।

नेपालीहरूको जनसंख्याको वास्तविक आंकडा नरहेको भएता पनि अनुमानित २ लाख ५० हजारभन्दा धेरै रहेको अनुमान गरिएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.