एनआरएन विशेष

एनआरएन अमेरिका निर्वाचन:उम्मेदवारको पहिलो सूची प्रकाशित भएन

एनआरएन अमेरिकामा आफ्नै तालिका अनुसार काम गर्न नसकेपछि पुन नयाँ विवाद शूरु भएको छ । एनआरएन अमेरिकाको निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची मंगलवार निकाल्ने तालिका सार्वजनिक गरेको थियो । तर, यो तालिका अनुसार उम्मेदवारको पहिलो सूची प्रकाशित भएन ।
किन एनआरएन अमेरिकाले आफ्नै तालिका अनुसार गरेन ? विभिन्न हल्लाहरु आउन शुरु गरेका छन । अमेरिका हेर्ने एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका संयोजक सोनाम लामाले सोमवार निर्वाचन समितिलाई पत्र पठाउनु, तालिका अनुसार उम्मेदवारको सूची नआउनु जस्ता कारणले हल्लाहरु आएका हुन् ।
क्षेत्रीय संयोजक सोनाम लामाको पत्रको पहिलो लाइनमै आउने अगष्टको ११ र १२ तारिखमा राष्ट्रिय समन्वय परिषद्, यूएसएको निर्वाचन हुने व्यहोरा यहाँलाई अवगतै होला भन्ने उल्लेख छ । जब कि निर्वाचन समितिले नै उक्त तारिखमा निर्वाचन गर्ने तालिका सार्वजनिक गरेको हो ।
उक्त पत्रले गौरी जोशीलाई अध्यक्ष पदमा उठ्न नपाउने आशय व्यक्त गरिएको छ । उम्मेदवारको पहिलो सूची किन आएन भन्ने जवाफ निर्वाचन समितिले सार्वजनिक रूपमा दिएको छैन ।
मंगलवार मध्ये रातमा एनआरएन अमेरिकाका पदाधिकारीलाई पत्र पठाएर उम्मेदवार दिनेको पैसा समयमा प्राप्त नभएको, प्रस्ताव र समर्थक मतदाता सूचीमा नभएका राखिएको जस्ता कारणले केही समय लागेको जानकारी दिएको थियो । बुधवार उम्मेदवारको सूची प्रकाशित गर्ने निर्वाचन समितिले जनाएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.