एनआरएन विशेष

अन्तत : एनआरएन अमेरिकाको निर्वाचन रोकिने

यही अगष्ट ११ र १२ मा हुने भनिएको एनआररएन अमेरिकाको निर्वाचन अन्तत रोकिने भएको छ ।

अध्यक्षका एक जना बलीया प्रत्याशी गौरी जोशीको उम्मेदवारीका विषयलाई लिएर विवादमा पर्दै आएको एनआरएन अमेरिकाको निर्वाचन रोक्न टेनीसी अदालतले आज अन्तरिम आदेश जारी गरेको समाचार हिमालय खबरलाई प्राप्त भएको छ ।

एनआरएन अमेरिकाको विधान र एनआरएन अन्तर्राष्टिय समन्वय परिषदको विधान दुवैको मापदण्ड पुरागरी अध्यक्षमा उम्मेदवारी दिएको भए पनि निर्वाचन समितिले जोशीको उम्मेदवारीलाइ मान्यता नदिएपछि जोशी समूहले अदालतमा मुद्दा दायर गरेरको र त्यसको सुनुवाइ गर्दै अदालतले आजै निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको सम्बद्ध स्रोतले जनाएको छ ।

यस सम्बन्धमा थप जान्न गौशी जोशीसँग सम्पर्क गर्दा उनले आफुलेपनि यसबारे सुनेको तर विस्तृत विवरण प्राप्त भैनसकेको बताए

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.