एनआरएन विशेष

अमेरिकामा बस्ने नेपालीलाई एनआरएनको अभिभावकत्व भुमिका देखाउन आवश्यक छ:-उपाध्यक्षका उम्मेदवार पोखरेल

अमेरिकामा नेपाली संस्कृतिको संरक्षणका लागि आफ्नो उम्मेदवारी भएको बताउनुहुन्छ उपाध्यक्षका उम्मेदवार जेदु पोखरेल । एनआरएन अमेरिकाको आगमि कार्यकालका लागी उपाध्यक्षका उम्मेदवार बन्नुभएका पोखरेल एनआरएन अमेरिकालाई अमेरिकाबासी नेपालीले अभिभाव्क्तवको महशुस गर्न सक्ने गरि काम गर्ने बताउनुहुन्छ ।

तपाईको उम्मेदवारी किन ?

अमेरिकाबासी नेपालीका लागि , अमेरिकामा नेपालीको अस्तित्वका लागि , नेपालीपनको लागि । नेपालबाट आउने असहज पर्दा सहयोगको लागि । अब अमेरिका जन्मीने अर्को पुस्ताले नेपाल भनेको के हो , नेपाली संस्कृतिबारे जानकारी दिन , संस्कृतिको संरक्षणका लागि मेरो उम्मेदवारी हो ।

अहिले अमेरिकामा नेपालीको औषत समस्या के छन् ?

अमेरिकामा आउने हरेक नेपाली धनि नै हुन्छन् भन्ने छैन । नेपालको बिकासको लागि नेपाली समाजको बिकासका लागि कुनै एउटा थलो छैनन् । कानुनी परार्मश अभावका कारण समस्या छन् । नेपालीहरु अल्पमतमा छौं । स्थानिय सरकार देखि माथिल्लो सरकार सम्म हाम्रा माग र समस्यालाई सुनुवाई गर्नका लागि समुहमा एकत्रित भएर देखाउन नमसक्नु हाम्रो कमजोरी रसमस्या बनेका छन् यकारण अब हामि एकतत्रित हुदै आफ्ना समस्याहरु एकैसाथ राख्ने अवस्था सिर्जना गर्नुपर्दछ । अमेरिकामा बस्ने हरेक नेपालीलाई एनआरएनको अभिभावकत्व भुमिका देखाउन आवश्यक छ । नेपालमा रेमिट्यान्स भित्राएका छौं । अब रेमिाट्यन्स भित्राउने मात्रै हैन अमेरिकामा गरेको मिहेनतले नेपाली समाजको सकरात्मक बिकासका लागि एक हुनुपर्दछ ।

यदि तपाईले जित्नु भयो भने के कस्ता समस्याहरु लाई समाधान गर्नुहुन्छ ?

सबैभन्दा पहिले एक बन्नु पर्छ ।समाज बिना समाजिक नेताको अस्तित्व रहदैन । आपतमा परेका नेपालीका लागि इमरजेन्सी कोष , सामाजिक सेन्टर आवश्यक छ , सामुदायिक भवन बनाउनु जरुरी । संस्कृति र धर्मलाई जोगाउने देखाउने गरि भवन आवश्यक छ । यि सबै समस्याको समाधान गर्न प्रयास गर्नेछु । त्यो हुन्छ पनि । अन्य देशका नागरिक र समाजको बराबरीमा पुग्न नेपाली एक हुन जरुरी छ । हाम्रो समस्या , सम्बोधन , र नेपालको बिकासका लागि एनआरएन आबश्यक छ । अमेरिकामा कति जति नेपाली छन्?

एनआरएन संग त्यस्तो कुनै आँकडा रहेको छ अमेरिकामा करिब २ लाख ५० हजार नेपाली छन् एनआरएनको पछिल्लो डाटाले त्यहि भन्छ । पहिले धेरै अबैधानिक थिए , अहिले धेरै बैधानिक छन् ।

अनलाईन भोटिंग बारे पछिल्लो समय बिश्वसनियताको प्रश्न उठिरहको छ यसबारे के भन्नुहुन्छ ?

एनआरएन स्थापनाको लामो समय भएता पनि पछिल्लो ३ बर्षपछि सक्रिय देखिएको छ । अमेरिकाका ५० स्टेटमा , १७ हजार बढि एनआरएन सदस्य छन् । त्यसकारण अनलाईन भोटको औचित्य छैन अब प्रत्यक्ष निर्वाचन गर्नुपर्दछ भन्ने पक्षमा म छु । अरु संस्था जस्तै स्टटे च्याप्टरले प्रत्यक्ष निर्वाचन गर्ने व्यबस्था गराउन पहल गराउन पर्छ । बिबाद रहित निर्वाचनका लागि पनि प्रत्यक्ष निर्वाचन गर्नुपर्दछ ।

पछिल्लो समय एनआरएन आइडिका बारेमा पनि आवाजहरु सुनिन थालेका छन् यस बारेमा तपाईको भनाइ के छ ?

एनआरएन सदस्य बन्न दुइ बर्षमा १५ डलर तिर्न पर्दछ । अति आवश्यक दैनिक उपभोग गर्दा हामिलाई त्यो आइडि आवश्यकता पर्छ । बिना फाईदाको आइडि आवश्यक छैन । बिना सुबिधाको आइडि फाइदा छैन । एनआरएन ले त्यो आइडि लिदाँ फाइदा र सुबिधा दिने गरि व्यबस्था गरे मात्र आर्कषण बढ्छ । सुबिधा सहितको आईडि आवश्यकक छ । अन्यथा यसलाई मुद्धा बनाएर आइडि नै प्राप्त गरेका पनि त्यसको कुनै महत्व रहंदैन ।

एनआरएनलाइ प्रत्यक्ष राजनितिबाट टाढा राख्न के गर्न सकिएला ?

राजनिति बिना मानव अस्तित्व हुदैन । राजनिति बिना अगाडि बढ्न सकिदैन । राजनितिबाट कोहि मान्छे अलग हुदैन तर राजनितिको नाम बिकृति आउनु हुदैन । राजनितिको खोल ओडेर समाजमा बिभेद आएको छ त्यो गलत छ । यहाँ राजनितिको आडमा समाज र समुदायमा बिकृति ल्याउने काम भएको छ । राजनितिको नाममा कोहि टाढा कोहि नजिक गर्न पाइदैन । एनआरएनमा आएर पनि नेपालको पार्टिको राजनिति ल्याएर समाज बिखण्डन गर्ने काम कदापि गर्नु हुदैन । अमेरिकामा सिटीजन लिने अनि नेपालको राजनिति यहाँ आएर गर्ने यस्तो हुदैन जे भैरहेको छ त्यो गलत छ । राजनिति नै गर्ने भए नेपाल जान सकिन्छ । यहाँ फुटाउने का गर्न हुदैन किनकी , मर्दा पर्दा अरु बिचार धाराका अरु साथिहरुले मलाई सहयोग गर्छ , सबैले मलाई सहयोग गर्नुपर्दछ भने किन यस्तो बिण्डन ल्याउने । अमेरिकामा बस्ने नेपालीहरुमा कुनै जात र राजनिति बिभेद छैन । हामि सबै एक हौं । कुनैपनि राजनितिको दलको आडमा समाज बिखण्डन गर्न हुदैन ।

अन्त्यमा समग्रमा तपाईको प्रतिबद्धताहरु के के हुन् ?

अमेरिका बसेर एनआएनले गर्ने भनेको भैपरि आउने समस्याको समाधानको लागि सबैभन्दा पहिले सामुदायिक भवन आबश्यक छ ।जहाँ जम्मा भएर आफ्ना समस्याहरुका बारेमा छलफल गर्न सकियोय् खुशि साट्न सकियोस् स्टटे च्याप्टरलाई परिचालन गरि राष्ट्रिय समितिले एक एक स्टेटमा नेपालीलाई परिचालन गर्ने र भवन बनाउने ।

आपतकालिन कोषको लागि जिवनमा एक पटक ५ डलर अभियान चलाउने छु । प्रत्येक नेपालीबाट ५ डलर लिएर २ लाख बाट मात्रै एक मिलियन उठाउन सिकयो मात्रै भनेपनि ठूलो उपब्धि हुन्छ । जिवन भर राहत दिन नसिकएता पनि तत्कालिन राहत स्वरुप सहयोग गर्न सकिन्छ । प्रत्येक घरघरमा जान सम्भव छैन त्यसको लागि राष्ट्रिय समितिले बैठक गरि समाजले बिश्वास गर्ने खालका योजना बनाएर जनशक्ति परिचालन गरि उठाउन सकिन्छ । अपचलन नहोस् र हुदैन भनेर बिश्ववास दिलाउन सक्नु पर्दछ ।

अमेरिकामा ठूलो ठूलोे ठाउँ उच्च ओदामा मा काम गर्ने दक्ष जनशक्तिलाई एनआरएनमा आर्कषण गर्न आवश्यक छ । त्यो समुहलाई अपनत्व हुने गरि एनआरएनमा ल्याउने उनिहरुको बिचार मन्थन गरि दक्ष समाज एनआरएन संग जोडिने बतावरण सिर्जना गर्नेछु ।

बिश्वमै पहिलो पटक मेरिल्याण्डले नेपाली भाषलाई स्थान दियो । मेरिल्याण्डमा नेपाली भाषामा लाइसेन्सका लागि नेपाली भाषामा परिक्षा दिन पाइछ यो सबै स्टेटमा राखिनु पर्दछ । नेपाली भाषा ऐच्छिक पाठ्यक्रममा राख्नु पर्दछ र त्यसका लागि पहल गर्नेछु । संचार बिकासको मेरुदण्ड हो ।

बिश्वमा ५० लाख भन्दा बढि नेपाली छन् । उनिहरुलाई एउटै मालामा गास्नका लागि संचारको भुमिका निकै महत्वपूर्ण छ । त्यसका लागि एनआरएन वल्र्ड टिभिको स्थापना हुनुपर्दछ । त्यसको हेडक्वाटर अमेरिका हुनुपर्दछ र प्रत्येक राष्ट्रमा रिपोर्टर राखेर हरेक नेपालीका घरघरमा हेर्न सक्ने गरि अगाडि बढाउनु पर्दछ । र यसका लागि मैले पहल गर्नेछु ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.