एनआरएन विशेष

एनआरएन अमेरिकाको अध्यक्षमा डा.पौडेल बिजयी,हेर्नुस् क-कसले कति मत प्राप्त गरे

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचन परिणामको सुची सार्वजनिक गरेकोछ I सन् २०१७-२०१९ कार्यकालका लागि पुनः डा. केशव पौडेल निर्वाचित भएका छन् ।  मत परिणाम अनुसार डा. पौडेलले ४२२९ मत पाएका छन् ।  उनको निकटतम प्रतिद्वन्दी रविना थापाले ३०८५ मत ल्याएकी छन् । अर्का उम्मेदवार राम सी पोखरेलले ९६४ मत पाएका छन् भने कृष्ण पोखरेलले ७८३ मत पाएका छन् ।
चुनावी परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा टेक्ससका सुनिल साह निर्वाचित भएका छन् । त्यस्तै चार उपाध्यक्षहरुमा रामकुमार सुवेदी, राधा पौडेल, जेदु पोखरेल र उमा थापा कार्की निर्वाचित भएका छन् । महासचिवमा बाबुराम लामा, सचिवमा होमनाथ गौतम, कोषाध्यक्षमा डा प्रकाश अर्याल र सहकोषाध्यक्षमा पवन योन्जन विजयी भएका छन् । महिला संयोजकमा इन्दिरा त्रिपाठी निर्वाचित भएकी छिन् । युवा संयोजकमा स्वराज खाती  निर्बिरोद भएका छन् I
कार्य समिति सदस्यहरूमा डा.अर्जुन बन्जाडे, कृष्ण लामिछाने, तृष्णा शर्मा, सञ्जय थापा, दिव्या केसी ओली, गोपेन्द्रराज भट्टराई, बिन्दु सापकोटा निरौला, अमृत कट्टेल, प्रीति सगर खत्री, आङ शेर्पा र विष्णु बहादुर शाहले विजय प्राप्त गरेका छन्।
एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिका लागि आवश्यक ८ सदस्यका लागि भएको मतदानमा गोमा सेन, धर्म भट्टराई, बिष्णुमान प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला, बेदराज बस्नेत, डिल्लीराम भट्टराई र बलराम थापाले विजयी भएका छन् ।

National Election 2017 Vote Breakdown Detail Received By Each Candidate

State Chapter Winner List

Important notice from election commission

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.