एनआरएन विशेष

एनआरएन अमेरिकाका बिजयीलाई नेपाली मन्दिरमा प्रमाण पत्र बितरण गरिने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको भर्खर सम्पन्न भएको निर्वाचनमा बिजयी भएका नव निर्वाचित कार्यकारी समिति (२०१७ -२०१९) का लागि पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण समारोह डीसी महानगर को नेपाली मन्दिरमा हुने प्रमाण पत्र बितरण गरिने भएको छ l

डीसी महानगर क्षेत्रको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र स्थित पशुपति बुद्ध मन्दीरमा गरिने भएको राष्ट्रिय निर्वाचन समितिले जनाएको छ l आगामी सेप्टेम्बर १६ तारिख बिहान १० :३० बाट सुरु हुने उक्त प्रमाण पत्र वितरण कार्यक्रममा सवैलाई सहभागिता हुन् आग्रह समेत राष्ट्रिय निर्वाचन समितिले गरेको छ l

निर्वाचन समितिले आयोजना गरेको उक्त समारोहमा अमेरिका का धेरै राज्यहरु बाट बिजयी उम्मेद्वारहरुको साथै गैर आवासीय नेपाली संघ अभियानमा लाग्ने समस्त सदस्य तथा शुभचिन्तकहरु पनि सहभागी हुने छन् l

ठेगाना

: 20520 Beallsville Road ,Dickerson MD 20842

सेप्टेम्बर १६

बिहान १० :३०

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.