एनआरएन विशेष

एनआरएन अमेरिका निर्वाचन: महिला संयोजकमा दिक्षा बस्नेतको उम्मेदवारी घोषणा

एनआरएन  अमेरिकाको आगामी निर्वाचनमा  सञ्चारकर्मी दिक्षा बस्नेतले महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सन २०१५ देखि एनआरएनको हरेक गतिबिधिमा नजिक रहेर काम गर्नुभएकी बस्नेत अव अनुभवका आधारमा महिला संयोजकको लागि तयार हुनुभएको हो । ‘अनुभवको आधारमा अव महिला संयोजकका लागि तयार भएको छु, एनआरएन अमेरिकालाई सवैको मनमनमा रहने संस्था बनाउन लाग्ने अठोटसहित उम्मेदवारी दिने निर्णय गरेको हो,’ जनताटाइम्ससँग बस्नेतले भन्नुभयो ।

नेपालमा रहँदादेखि नै समाज सेवामा सकृय रहेको र भोलिका दिनमा सामाजिक सेवामा नै आफुलाई समर्पित गराउने योजनका साथ आसन्न चुनावमा आफ्नो उम्मेदवारी रहेको जानकारी बस्नेतले गराउनु भयो ।

‘घरेलु हिंसा, बलात्कार, छौपडि, बोक्सि, दाइजो, आमाको नामबाट नागरिकता जस्ता महिलाका कठिन बिषयमा लगातार कलम चलाई रहदा एक दशक बितेछ, तर परिवर्तन के भयो ? अव अगुवाका रुपमा समाजमा यी कुराहरुप्रति सचेतना ल्याउने काम गर्नेछु,’ बस्नेतले भन्नुभयो । अमेरिकामा रहे पनि बिगत ५ बर्ष देखि बस्नेतले नेपालका हरेक गतिबिधिसँग नजिक रहेर नियाली रहनुभएको छ ।

यसैगरी अमेरिकामा रहेका महिलाहरुको समस्या समाधान र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने काममा तल्लिन हुनुहुन्छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.