राजनीति

सहमतिमा संविधान जारी हुने सम्भावना छ – गच्छदार

विराटनगर, २४ माघ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आपूmले प्रस्तुत गरेको प्रस्तावले सत्तापक्ष र प्रतिपक्ष दुवैको जित हुने भएको स्पष्ट पार्दै आइतबारदेखि नै वार्ता र सम्वादका लागि पहल गरिने बताउनुभएको छ ।

पार्टीका अगुवा कार्यकर्तालाई दिइएको प्रशिक्षणलाई आज सम्बोधन गर्दै उहाँले सत्ता पक्षसँग दुई तिहाइभन्दा बढी मत रहेकाले यसको दुरूपयोग गरेर प्रतिपक्षलाई आन्दोलनमा जानका लागि बाध्य नपार्न सत्तापक्षलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो–प्रमुख राजनीतिक दलबीच सहमति हुने र सहमतिको संविधान जारी गर्न सकिने अवस्था अहिले पनि विद्यमान छ । रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.