राजनीति

वि.पी. विचार आत्म वृतान्त र महेन्द्रवीच टकराव

समाजवादका विभिन्न रुपहरु छन् ,फेवियन समाजवाद, वैज्ञानिक समाजवाद, श्रेणी समाजवाद, गिल्ड सँघ समाजवाद,इसाई समाजवाद, फेवियसवाद वा पुनरावृतिवाद इत्यादी । समाजवादका दुईमार्ग छन् एउटा साम्यवादी मार्ग अर्को प्रजातान्त्रिक मार्ग ,साम्यवादी मार्ग अन्र्तगत वर्ग संघर्ष र क्रान्ति, केन्द्रिकृत अर्थ व्यवस्था ,राजनैतिक निरंकुशता ,सर्वहारा वर्गको अधिनायकत्व,निजि सम्पतिको अन्त्य उत्पादनका साधनमाथि राज्यको नियन्त्रण समाजिकीकरण पर्दछन् । प्रजातान्त्रिक मार्ग अन्र्तगत रानितिक स्वतन्त्रता अपरिहार्य शत्र हो भने लोकतान्त्रिक विधि मार्फत,लोककल्याणकारी राज्य,विधीसम्मत आर्थिक

पुर्नवितरण,व्यक्तिगत सम्पत्तिको सुरक्षा ,आर्थिक वृद्धिको लाभांशको निम्न वर्गको पक्षमा वितरण हो । समाजवादका king-mahendra-shah-and-bp-koiralaआधारभूत तत्वहरु भनेका उत्पादनमा वृद्धि र न्यायिक वितरण,सामाजिक र आर्थिक न्याय ,उपेक्षित र निर्धन वर्गको सशक्तिकरण ,विकेन्द्रीत आर्थिक अधिकार,आर्थिक विषमताको न्यूनिकरण र शोषण अन्त्य ।
समाजवाद वारे विश्वेश्वर प्रसाद कोइरालाका विचारहरु यसप्रकार छन् । “आर्थिक विकासको यो अनिवार्य नियममा नउक्लिकन सोझै समाजवादको लागी प्रयत्नशील हुने प्रकृयाले आफ्नो आत्मालाई सन्तोष देला तर यस्तो अभ्यास कोरा भावुकता मात्र हो । गरिवको नारा कङ्कगालीको वितरण समाजवाद होइन । ” “पूँजीको विकास नभइकन आर्थिक विकास संभव छैन । उत्पादनको आर्थिक वृद्धि नभइकन वितरणको प्रश्न उठ्दैन । विकासको यो प्रारम्भिक प्रक्रियाको कठोर प्रकृया नसहिकन विकासले अग्रिम गति लिदैन ।”

समाजवाद वादवारे उहाँको विचार यस्तो छ । “गरीव हाम्रो मुलुक गरिव छ । हाम्रो मुलुक किसान छ ।जल्ले किसानको भलाई गर्छ हलो जोत्ने मान्छेको भलाई गर्दछ । जसले गाउँलाई सिँर्गाछ । गाउँमा वस्ने मानिसको भलाई गर्छ । त्यहि समाजवादी हो । हाम्रो समाजवाद भनेको गाउँका जनताको भलाई जुन नीति र कार्यक्रमले हुन्छ । त्यहिनै समाजवादी नीति र कार्यक्रम हो । ” “प्रत्येक नेपालीको मुहारलाई नियालेर हेरौ र आफूलाई सोधौ हामी आफ्नो वाटो आफै पाउने छौ संविधान भनेको गरिव मजदुर किसान वर्गको भलाई गर्ने दस्तावेज हो कुनै सँविधानको अध्ययन गर्दा त्यसका चिसा अक्षरहरुमुनि स्पन्दीत भइरहेको न्यानो आत्मा छ की छैन भनेर सोच्छु अधिकारको दस्तावेज भन्दा इरादाको अठोटलाई खोज्छु अधिकारको कागजी रुपलाई प्राप्त गर्ने कसैको उदेश्य रहयो भने त्यसले कागजको खोस्टो मात्र पाउँछ मलाई नेपाली जनताले श्रेय दिन खोज्छ भने एउटा कुरा देओस कि मैले देश भित्र देशको सामर्थलाई बुझेको रहेछु र देशको सामर्थलाई मैले मुखरीत गर्ने कोसिस गरेको रहेछु उहाँ भनुहुन्छ मैले अठोट के गरेको थिए भने मेरो परिवारको जस्तो व्यवस्था यहाँ गरिव भन्दा गरिव परिवारलाई पनि १५ वर्षमा उपलव्ध गराउन सक्छु । अव कुन प्रधानमन्त्रीले भन्न सक्छ की आज १५ वर्षमा त्यो प्रधानमन्त्रीको अवस्था त्यहि परिवारलाई हुन्छ भनेर । जव म नेपालको परिकल्पना गर्दछु यिनै गरिव दाजुभाईहरुको तस्विर मेरो अगाडी आउछ । ”

कोइरालाको विचारमा “क्रान्ति साध्य होइन साधन हो । ” उहाँको विचारमा “समयको माग राजनीतिक दलले पुरा गरेनन् भने पनि इतिहाँसको गति रोकिदैन । विकल्प खोज्ने काम समय आफैले गर्छ”। राजनिती गर्नुको औतित्यवारे प्रष्टायाउदै उहाँ यसो भन्नुुहुन्छ । “मैला लुगा लगाएको खान नपाएको र रोगी अनुहारको तस्वीर अनि मलाई लाग्छ यिनै रोगी खान नपाएको अनुहारको हो हाम्रो देश त्यसो हुनाले ति खान नपाएको पेटमा अन्न जाओस हास्न नपाएको ओठमा हाँसो आओस रोगीले औषधी मूलो पाओस । केटाकेटीले पढ्न पाउन् भनेर नै हामी राजनीतिमा लागेका हौ । मन्त्री हौला ठूला ठूला कुर्चीमा जाउँला भनेर राजनीतिमा लागेका होइनौ ।”

“ विदेशी सहयोगमा कम निर्भर हुनुपर्दछ, वैदेशिक सहायताको रुपमा शिक्षा तालिम वा वौद्धिक सहायता मात्र लिनुपर्छ न की वैदेशिक सहायतावाट वस्तु र पैसा लिनु हुदैन । ”

वि.पी कोइरालाले पढेको रिडर्स डाइजेष्ट लेखेको छ की “इश्वर मलाई मेरो मित्रहरुवाट रक्षा गर म आफ्ना शत्रुहरुलाई ठीक पार्न सक्छु ” । मलाई समस्या रेडिकलहरुवाट छैन समस्या राजासँग छ । राजा शक्ति हत्याउन ढुकी रहेको छ । इजरायलमा वि.पी ले दिएको भाषण सुनेपछि भारतिय पत्रकार प्रेम भाटियाले भनेकी “भारतमा हुनुपर्ने प्रधानमन्त्री कस्तो हो भने मैले आज एउटा नमुना देखे”।

वि.पी कोइराला झेलवाट छुटेपछिको वक्तव्यहरु यस प्रकारछन् । मेरो मुख्य विषय जो आज छ त्यहि थियो त्यस वखत पनि । मेले भनेको थिए राजा र प्रजा मिल्नुपर्छ । म त्यस्तो ठाउँमा राजालाई उभ्याउन चाहन्छु जुन ठाउँमा म पनि उभिएको छु । त्यसो हुनाले त्यस्तो व्यवस्था हुनुपर्यो । मैले अर्को कुरा भनेको छु । यो २०१७ सालको काण्ड राजा र प्रजालाई अलग गर्ने काण्ड हो । यो जनहितको लागी भनिएको छ । तर जनताको अधिकार खोसेर कसरी जनहित हुनसक्छ त्यो म बुझ्न सक्तिन । संविधानको वारेमा पछि वोलेको छु । संविधान धेरै महत्वको कुरा होइन के लेखिएको छ संविधानमा त्यो महत्वपूर्ण होइन त्यसको भावना महत्वपूर्ण हुन्छ । भनेको छु मैले । मैले भने स्वदेश भनेको राष्ट्र भनेको जनता हो माटो होइन । अचेल त अलि फरक ढंगले भन्छु त्यसवेला भनेको थिए । “नदी नाला यी सवै केही कुरा होइनन् जनता हो राष्ट्र भनेको । कुनै चमत्कारद्धारा नेपालवाट मान्छेहरु लोप भए भने नेपाल रहदैन । राष्ट्र भनेको कुनै भौगोलिक एकाई होइन जनप्रिय एकाई हो” । भनेर मैले भनेकोमा प्रधानमन्त्री सुर्य वहादुर थापाले जवाफ दिएको छ । “राष्ट्र भनेको नदी हो पहाड हो ”इत्यादी । ४ अक्टुवर १९४६ मा वि.पी ले इन्डीयामा दिएको वक्तव्य “नेपालमा द्धितिय महायुद्धपछि नया परिवर्तन स्वतन्त्रताको लागी आएको छ त्यसलाई त्यस अवसरलाई हत्याउनको निम्ती व्यापक आधारमा नेपालीहरुको एउटा प्रजातान्त्रीक संगठन वन्नुपर्छ जसको यस्तो विचार छ मसँग संम्पर्क राख्नु ” भनेर मैले त्यस वक्तव्यमा भनेको थिए त्यो सर्चलाइटमा छापियो ।

दरवार तथा श्री ५ महेन्द्रले वि.पी. कोइरालालाई पुस १ को काण्डपछि झेलमा सोध्न पठाएका प्रश्ना वलि जति वेला वि.पी कोइरालालाई गोलि हान्ने संभावना थियो ।

तपाई नेपालको नागरिक भएर यहाँको ऐन कानून मानेर वस्न चाहनुहुन्छ कि हुदैन ?
म नेपालको नागरिक हू र नागरिक भएर वस्न चाहन्छू नागरिकका केहि कर्तव्य छन् ती पनि पालन गर्छु र केहि अधिकारहरु छन् त्यो पनि नागरिकले उपभोग गर्न पाउनुपर्छ । र नागरिकको कर्तव्य र हक दुइटै साथ साथै जान्छ ।
महाराजधिराजवाट पुष १ गतेको कारवाईको वारेमा तपाईको के भनाई छ ?
महाराजधिराजले गरको कारवाई अत्यन्त अनावश्यक छ र गलत भएको छ ।
अव महाराजधिराजले कस्तो व्यवस्था ल्याउनूप¥र्यो ?
कस्तो व्यवस्था हुनूपर्छ भन्ने हकमा त्यहि व्यवस्था पुर्नस्थापित हुनुपर्यो जो १ गतेको दिन समाप्त गरियो ।
प्रजातन्त्रका लागी पूर्वाधार चाहिन्छ त्यस संवन्धमा ती पूर्वाधारहरु कस्ता हुन त्यसका संवन्धमा तपाईको के भनाई छ ?
पूवाधारको संवन्धमा प्रजातन्त्रको लागी कुनै पूर्वाधार चाहिदैन तर प्रजातन्त्रलाई समाप्त गर्नसक्ने जसको शक्ति छ । त्यसमा भने प्रजातन्त्र प्रति आस्था हुनुपर्दछ । त्यो एउटा पूर्वाधार छ । नत्र प्रजातन्त्रको अरु कुनै पूर्वाधार छैन ।

वि.पी कोइरालाको भोक हड्तालका मुख्य मागहरु यसप्रकार छन् ।

सवै राजनीतिक वन्दीहरुलाई सँगै साथकोमा राख्नुपर्छ ।
अखवारहरु हामीले पाउनुपर्छ ।
खेलकुद व्यवस्था गर्नुपर्दछ ।
आफ्ना नातेदार इष्टमित्रहरुसँग भेटघाटको व्यवस्था हुनुपर्दछ ।
मुद्धा चलाउनुपर्छ अदालतमा । ,
वि.पी.का विदेश निति
चीनसँग मित्रता ।, पाकिस्तानसँग दौत्य संवन्ध । ,इजरायलसँग दौत्य संवन्ध ।, ६ वटा अरव राष्ट्र सँग संवन्ध । पािकस्तानको विदेशमन्त्री भुट्टो र इजरायली विदेशमन्त्री गोल्डा मेयर सँग भेटघाट र कुराकानी भएको ।

वि.पी कोइराला र राजा महेन्द्र विच मनमुटाव हुनुका कारण हरु
इजरायल र पाकिस्थानमा दुतावास खोल्नु उनले इजिप्टको भ्रमण गर्न नपाई फर्कुनुपरेको थियो । तुलसी गिरीलाई मन्त्री परिषदवाट हटाइदिनु । विश्ववन्धु थापालाई मन्त्री नवाउनु । यी दुवै राजाका चम्चे थिए । भारतिय राजदूतले वढाइचढाई कुरा गरि वि.पी विरुद्ध राजालाई भड्काईरहने गर्दथे ।चाइनासँग वढी निकटता कायम भएको ठान्नु । गण्डक संझैतामा राजाका सशुरा हरिशमशेरहरुलाई माछा मार्ने वन्दोवस्तीको कुरा छुटाइनु । राजालाई वि.पी ले नटेरेको भान हुनु । श्री ५ युवराज महेन्द्र र श्री ५ वसुन्धराले मन पराएका केटीसँग विवाहको कुरामा वि.पी.ले त्रिभुवनलाई भने त्यो राजाले मन पराएनन् ।

वम्वईमा विद्याथीहरुको सम्मेलन हुँदा उद्घाटनमा शक्ति वढाउनका लागी कोहि ढुकिरहेको छ त्यो सामन्ती राजा भनेर वि.पी ले भनेको कुरा राजाको कानमा परेछ ।
वि.पी अमेरिकावाट लण्डन आउदा विद्यार्थीलाई मलाई रेडिकलवाट समस्या छैन राजावाट समस्या छ । राजाले यो भनाई आफूलाई च्यालेन्ज गरेको भन्ने वुझेछन् ।
इजरायल जाँदा इजरायलले उजी गन उपाहार दिएका थिए । इजरायली सव मेसिनगन । भारतिय प्रेसले हतियार जम्मा गर्दैछ भनेर छापे किनभने हतियार नेपाललाई भारतले मात्रै सप्लाई गर्ने गर्दथ्यो । त्यतिवेला त्यो उपहारको साथै केहि मेसिनगन इजरायलवाट ढिलो गरि नेपाल आइपुगेको थियो ।

जोगी नरहरीनाथ काण्डले राजा भड्किए । सुर्वण शम्शेर कलकत्ता जाँदाको दिन राजा महेन्द्र र वि. पी. कोइराला विच राती वाझावाझ भएको थियो ।  चिनीयाँ काजी काण्डको कारण गृहमन्त्री भएका वि.पी. कोइरालाले राजीनामा गर्नु परेको थियो।