राजनीति

कांग्रेस पार्टी कार्यालयमा झडप, एक दर्जन कार्यकर्ता घाईते, गृहमन्त्री बिमलेन्द्रको राजिनामा माग

congress-1

काठमाडौं, ३० साउन । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

झडपमा एक दर्जन विद्यार्थी घाइते भएका छन् ।

 

महाधिवेशन छनोटमा धाँधली भएको भन्दै रामचन्द्र पौडेल पक्षधर विद्यार्थीहरुले गरेको प्रदर्शनमा झडप भएको हो ।

भण्डारीका अनुसार अहिले पार्टी कार्यालय अघि नारावाजी भैरहेको छ ।

उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको विरुद्धमा नारावाजी गरेका छन् ।

आफूहरुमाथि प्रहरी ज्यादती भएको भन्दै उनीहरुले गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा माँग गरेका छन् ।