राजनीति

प्रधानमन्त्री प्रचण्ड दशैंअघि नै भारत जाने तयारीमा

काठमाडौं । भारतीय सञ्चार माध्यमहरुका अनुसार प्रचण्डको भारत भ्रमणको प्रस्तावित मिति भदौ ३० देखि असोज २ गते हुनेछ अर्थात प्रधानमन्त्रि प्रचण्ड दशैँ अगाडी नै भारत  भ्रमण गर्ने तयारि  गरिरहेको थाहा हुन  आएको  छ।

प्रधानमन्त्री प्रचण्डका विशेष दुत बनेर दिल्ली पुगेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबारबाट उच्चस्तरीय भेटवार्ता थाल्दैछन् ।

निधिले आजै साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिने छन् । सम्भवतः शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नेछन् ।

निधिको भ्रमणको उद्देश्य मखुर्जीको नेपाल भ्रमण सुनिश्चित गर्नुका साथै प्रधानमन्त्री प्रचण्डको दिल्ली यात्रा तय गर्नु पनि हो ।
र, प्रधानमन्त्री प्रचण्ड भदौ अन्तिम साता नै भारतको भ्रमणमा जाने सम्भावना बढी छ ।

माओवादी उच्च स्रोतले पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण छिट्टै हुने बताएको छ । निधिले दिल्ली बसाइका क्रममा प्रचण्ड भ्रमणको एजेण्डाहरु तय गर्नेछ ।

यदि अहिले प्रस्तावित मिति नै प्रचण्डको भारत भ्रमण भएमा यो मुर्खजीको नेपाल भ्रमण भन्दा अगाडि नै हुनेछ ।