राजनीति

विमलेन्द्र निधि र कृष्णबहादुर महरा विशेष दूतका रुपमा भारत र चीन जानु रहस्यमय – वैद्य

बुटवल भदौ, ९ – नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले पार्टीले नव जनवादी क्रान्तिको तयारी भएरहेको बताएको छ ।
जारी संविधान दक्षिणपन्थी नवसंशोधनवादमा आधारित, २०४७ कै निरन्तरता भएकाले त्यसलाई कदापि स्वीकार्न नसकिने बताउँदै वैद्येले उक्त संविधानलाई खारेज नै गर्नुपर्ने जिकिर गरे ।

mohan-baiidhya-final-final
वैद्येले संविधानले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको कुरालाई नसमेटेकाले त्यसकै लागि उक्त पार्टीले जनवादी क्रान्तिको तयारी गरिरहेको बताए ।
पार्टीको राष्ट्रिय भेला तथा केन्द्रीय समितिले गरेका निर्णयका बारेमा कार्यकर्तालाई प्रशिक्षण गर्न बुटवल पुगेका अध्यक्ष वैद्यले बिहीबार बिहान पत्रकारहरुसँगको भेटघाटमा मुलुकमा पुरानै राजनीतिक धारलाई टिकाइराख्ने र आफूले हालीमुहाली गर्ने तथा पुरानो राजनीतिक धारलाई झुकाउने दुई धारमा मुलुक रुमलिएको बताए ।
वैद्यले असमान सन्धि सम्झौता खारेज नहुँदासम्म भारतले नेपालमाथि गर्ने व्यवहार हेपाहा प्रवृत्तिको हुने उल्लेख गरे ।
वर्तमान सरकारले दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई विशेष दूतका रुपमा भारत र चीन पठाएको कुराले पनि मुलुकका लागि राम्रो सङ्केत नगरेको अध्यक्ष वैद्यले टिप्पणी गरे ।