राजनीति

माओवादी केन्द्रको बैठक असोज ८ मा

काठमाडौँ, असोज ६।  नेकपा (माओवादी केन्द्र)ले असोज ८ गते केन्द्रीय सचिवालयको बैठक आह्वान गरेको छ ।

बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालय बैठकले सङ्गठनसम्बन्धी निर्णय लिन केन्द्रीय सचिवालयको बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता पम्फा भुसालले भन्नुभयो, “बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकमा सङ्गठनबारे छलफल भयो ।

सङ्गठनात्मक विषयबारे निर्णय लिन आगामी असोज ८ गते केन्द्रीय सचिवालयको बैठक बोलाउने निर्णय गरिएको छ । ” विभिन्न पार्टी तथा समूहको एकतापछि माओवादीले पहिलोपटक सचिवालयको बैठक बोलाउन लागेको हो ।