राजनीति

‘ठोस प्रस्ताव छैन’ : गच्छदार

२०,कात्तिक । मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका मागका विषयमा ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष गच्छदारले सीमाङ्कनदेखि मोर्चाले उठाएका विषयका बारेमा छलफल भए पनि ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको बताउनुभयो ।

एमाले, काँग्रेस र माओवादीबीचमा सहमतिको वातावरण बनेर अघि बढ्ने हो भने संविधान संशोधन र अन्य विषयले छिट्टै पूर्णता पाउने जिकिर उहाँले गर्नुभयो । नेता गच्छदारले १६ बुँदे सहमतिका जगबाट उठाइएको आठ प्रदेशका पक्षमा आफू रहेको उहाँको भनाइ छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.