राजनीति

एमाले माथि सरकारको प्रहार ,मन्त्रीले लगाए यस्तो आरोप

१८,मंसिर । उर्जामन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संघीयता विरोधी आन्दोलन गरिरहेको आरोप लगाउनुभएको छ ।

काभ्रेमा शनिबार आयोजित कार्यक्रममा मन्त्री शर्माले संविधान संशोधन प्रस्ताव राष्ट्रलाई एकतावद्ध बनाउने प्रस्ताव भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधन प्रस्तावको विरोध गरेर एमालेले चुनावी राजनीति गर्न खोजेको छ’, उहाँले भन्नुभयो ।

संविधान संशोधन प्रस्तावमा राखिएको ५ नम्बर प्रदेश एमाले र कांग्रेसले तयार गरेको प्रस्ताव अनुसार नै गरिएकोले त्यसको विरोध गर्नु औचित्यहीन भएको उहाँले टिप्पणी गर्नुभयो ।

‘एमाले संविधान कार्यान्वयन हुन नदिने र संघीयता असफल पार्ने खेलमा लागेको छ’, मन्त्री शर्माले आरोप लगाउँदै भन्नुभयो, ‘एमाले र मधेस केन्द्रित दलहरू मिलेर संविधान संशोधनको साझा प्रस्ताव ल्याए सरकारलाई मान्य हुन्छ ।’

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.