राजनीति

टोपबहादुर रायमाझीलाई कारबाही

३, पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी पार्टी निर्णयविपरित गएको बताएका छन् ।

विभिन्न कार्यक्रममा भाग लिन गृहजिल्ला चितवन पुगेका प्रचण्डले शनिबार पत्रकारहरुसँग कुरा गर्दै रायमाझीका गतिविधि पार्टी निर्णयविपरीत रहेको बताए ।

‘उहाँहरु कन्स्टिट्युन्सी बचाउन जानुभएको हो, पार्टीको निर्णयभन्दा बाहिर कोही जान मिल्दैन,’ रायमाझी र कांग्रेस नेता चन्द्र भण्डारीतर्फ संकेत गर्दै उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी नीति विपरितजोसुकैलाई पनि कारवाही हुने स्पष्ट पारे । ‘पार्टीको नेताले निर्णय मान्नुपर्छ । नमान्नेलाई कारवाही हुन्छ,’ टोपबहादुरतर्फ संकेत गर्दै उनले भने ।

प्रचण्डले संशोधनको विरोधमा ५ नम्बर प्रदेशका केही जिल्लाहरु र प्रमुख विपक्षी एमालेकोआन्दोलनको कुनै तुक नभएको बताए । ‘आन्दोलनको कुनै तुक छैन, हिमाल, पहाडर तराई मिलाउन नै संशोधन प्रस्ताव आएको हो ।

उहाँहरु समझदारीमा आउनैपर्ने हुन्छ, यदि उहाँहरु निर्वाचनप्रति गम्भीर हुनुहुन्छ भने नमिल्नेखालको आन्दोलन छाडेर आउनुपर्छ,’ उनले भने ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.