राजनीति

चाँडै सार्वजनिक जीवनमा फर्किने छु: सुजाता कोइराला

नेपाली कांग्रेस कि नेत्री  सुजता कोईरालाले फेसबुक मार्फत आफ्ना शुभेच्छुक हरुलाई धन्यवाद दिदै आफु चाँडै नै सार्वजनिक जीवनमा फर्किने घोषणा गरेकी छिन ।

sujatakoirala-facebookupdate***

समस्त शुभ चिन्तकहरुमा जय नेपाल

पहिलो स्टेजको ब्रेस्ट क्यान्सरको उपचार क्रममा म्यासेक्टोमी पश्चात विभिन्न टेस्टहरुको क्रममा मेरो ओभरीमा पनि क्यान्सरस सिस्ट देखापरेको थियो ।

भर्खरै मात्र दोस्रो अपरेशनमार्फत यसको पनि सफल उपचार भएको छ ।

भगवानको आशिर्वाद र यहाँहरुको शुभेच्छाले गर्दा हाल म क्यान्सरमुक्त छु र विस्तारै मेरो स्वास्थ्यमा सुधार आउँदैछ । चाँडै नै म मेरो सार्वजनिक जीवनमा फर्किनेछु ।

तपाईंहरुको सदभाव तथा शुभेच्छाले मेरो स्वास्थ्य सुधारमा निक्कै मद्दत पुगेको छ । यसका लागि यहाँहरुप्रति म सदैव आभारी रहनेछु ।

जय नेपाल

***

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.